Follow me on Twitter

Thursday, August 20, 2026

वालेन नेतृत्वको सरकारको असफलता र निकासका सम्भावित परिदृष्य

अर्थतन्त्रका समस्या जटिल बन्दैगर्दा र डेलिभरीका सबै क्षेत्रमा सरकारको असफलता चुलिंदै जाँदा सबैको मनमा यस्तो प्रश्न उठ्नु स्वभाविक हो -आकाश खुल्दै गएपछि र नजिकै आएका चाडबाड सकिएपछि राजनीतिले कस्तो बाटो लेला !?

Wednesday, July 8, 2026

कर्णाली ब्लुजको कटासे बजार र नेपाल

बुद्धिसागरको प्रसिद्ध उपन्यास कर्णाली ब्लुजमा कैलाली जिल्लाको एउटा पुरानो बजारको चर्चा छ । त्यो बजारको नाम हो कटासे । एक समयमा निकै नाम चलेको र चहलपहल खुब हुने व्यापारिक केन्द्र कटासे समयक्रममा मानिसहरूको रोजाइ र प्राथमिकतामा पर्न छोडेर उजाड बन्दैगएको सुन्दर वर्णन कर्णाली ब्लुजमा छ ।

Monday, July 6, 2026

कति कमजोर रहेछ पासपोर्ट !?!

नेपालीहरू ठान्छन् संसारले नेपाल र नेपलीलाई इज्जत नै गर्छ । बुद्ध र सगरमाथाको देश हो हाम्रो । तर, राहदानीको अवस्थाले संसारका धेरै देशले नेपालीलाई पत्याएको देखाएन ।

Saturday, June 27, 2026

प्रस्ट भएकै हो त रास्वपाको वैचारिक धार ?!

रास्वपाका नेताहरूले 'महाधिवेशनबाट हाम्रो वैचारिक धार प्रस्ट भयो, अब अगाडि बढ्छौँ' भनिरहेको समाचारहरूमा सुनियो । यस्ता टिप्पणीहरूले के देखाएका छन् भने वैचारिक धार भनेको के हो भन्ने विषयमा नै केही विचार गर्न आवश्यक छ ।

Thursday, June 25, 2026

संघीयताको गन्थन

संघीयता किन चाहियो ? नभएर के हुन्थ्यो ? यसले खर्च बढायो । माथिका टिप्पणीमाथि धेरैपटक धेरै माध्यमबाट आफ्ना विचार राखियो तर मानिसको चित्त बुझाउन सकिएन । आज छोटकरीमा पुरानै कुरा दोहोर्‍याउँदैछु ।

Tuesday, June 23, 2026

गगन बारेको गनगन ! 🙂

मेरा ट्विटर पोस्ट मन नपराउने मानिसहरूले मलाई गगनको चम्चा, दलाल, आदि भनेर गाली गरिरहेका हुन्छन् । यस्ता जवाफहरू पढ्दा म मनमनै फिस्स हास्ने गर्छु । यो स्पष्टीकरण दिन पर्ने विषय त होइन -तर गाली गर्नेहरूलाई सान्त्वना दिँदै के भन्न चाहन्छु भने मेरो गगनसँग व्यक्तिगत वा कुनै प्रकारको घनिभूत सम्बन्ध सम्पर्क, पहुँच छैन । इन-पर्सन भेटघाट पनि एकदुई पटक भएको हो -त्यो पनि वर्षौं अघि । त्यसैले, गगनसँग मिलेर म कसैको सत्ता हल्लाउन षड्यन्त्र गरिरहेको छैन । व्यक्तिगत सम्पर्क त टाढाको कुरा भयो सोसल मिडियामा पनि गगन र मबिच दोहोरो संवाद र सम्पर्क छैन । गगनले महामन्त्रीका रूपमा विगतका वर्षहरूमा शेरबहादुर र आरजुले कांग्रेसमा भित्र्याएको विकृतिको सशक्त प्रतिरोध गर्न सकेनन् भन्ने लाग्छ मलाई । यो कुरा यसअघिका विभिन्न लेखहरूमा लेखेको छु । यो कमजोरी उनले आफैं स्विकारेका पनि छन् । गगन इमानदार वा भ्रष्ट नेता के हुन् भन्ने पनि मलाई थाह छैन । कसैलाई इमानदारिताको प्रमाण-पत्र बाँड्ने हैसियत छैन मेरो । यदि गगन भोलि कुनै भ्रष्टाचारको काण्डमा मुछिए र त्यो कुरा प्रमाणित भयो भने मलाई त्यसबाट कुनै विशेष आश्चार्य हुनेछैन । यो पृष्ठभूमिपछि मैले उठाउन खोजेको विषय यो छः नेपालको राजनीतिमा रुचि राख्नेहरूले गगनबारे बुझ्नुपर्ने कुरा के छ भने उनी वर्षौंदेखि नेपालका प्राय सबै राजनीतिक दलहरू र त्यसमा पनि विशेषरूपमा एमाले र रास्वपाको सुनियोजित र निरन्तर र तीखो आक्रमणको तारो बनेका छन् । उनलाई बदनाम गर्न विगतमा एमाले र अहिले रास्वपाले संगठित सोसल मिडिया अभियानलाई प्रश्रय दिएका थिए र दिइरहेका छन् । यसका अतिरिक्त आफूलाई राष्ट्रवादी बताउने र षड्यन्त्रका कथा बुनेर फेसबुक, युट्युव र टिकटकमा पैसा कमाउने काममा संलग्नहरूले पनि गगनका विरुद्ध नानाभाँती कथा बुनेर मानिसहरूलाई भड्काएका छन् । अरूको त के कुरा -गगनको प्रतिरक्षा कांग्रेसको नेतृत्वले समेत गर्न चाहेन । कांग्रेसभित्र देउवा, सिटौला वा शेखर समूहले गगनलाई कमजोर बनाउन आन्तरिक रूपमा प्रशस्त समय र स्रोत खर्च गरेका छन् । उनीहरूले पनि गगनमाथिका भ्रष्टाचारका आरोपहरूका बारेमा मुख खोलेनन् । बाख्रापालन गर्ने बहानामा सरकारी अनुदानको दुरुपयोग गरेको आरोप गगनमाथि छ । तर, आम चासो र गगन स्वयंको चुनौतिका बाबजुद यस आरोपमाथि अनुसन्धान र छानविन गर्ने प्रयास कसैले गरेन । यसलाई प्रयोग गरेर उनलाई सोसल मिडियामार्फत् स्वतः भ्रष्टाचारी ठहर गर्ने प्रवृत्तिले उनको राजनीतिक करिअरलाई ठुलो क्षति पुर्‍याएको छ । मलाई आशा छ रास्वपाको सरकारले गगनले गरेको भनिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान गर्नेछ र हामी सबैले सत्यतथ्य थाह पाउनेछौँ । एउटा पार्टीको नेता र एक महामन्त्रीका विरुद्धमा यति ठुलो अनि संगठित अभियान चल्नु आश्चार्य र दुःखको विषय हो । नेपालमा स्थीर सरकार बनेको छ, रास्वपाको बहुमतले राजनीतिलाई पनि स्थीर बनाएको छ । यो राजनीतिभित्रका प्रवृत्तिहरूबारे सोच्ने र विचार गर्ने अवसर पनि हो । नेपालको राजनीतिमा गगनलाई नियोजित रूपमा बदनाम गर्ने प्रवृत्तिबारे पनि छलफल हुन आवश्यक छ । अन्तमा फेरी पनि भन्छु -मलाई राजनीतिमा देखिने प्रवृत्तिहरूमा रुचि छ, व्यक्तिविशेषमा होइन । यो पोस्टलाई गगनको पक्षपोषण नठान्नुहोला । यदि तपाईंलाई म गगनको पक्षपोषण गरिरहेको जस्तो लाग्छ भने पनि त्यो भ्रमलाई म सकारात्मक रूपमा नै लिन्छु किनकि सत्ता र शक्तिमा नरहेका मानिसको पक्ष लिनु लोभको सूचक होइन, इमानदारिताको सूचक हो ! कि कसो ?!

किन चाहिएको हो त्यति धेरै पैसा !? सधैँ ठुला पद ?!

समाज (र त्योसँग जोडिएको प्रणाली)ले मानिसलाई 'पैसा कमाउनुपर्छ' भनेर सिकाउने तर किन कमाउने, कति कमाउने र कसरी कमाउने भन्ने कुरामा रिफ्लेक्ट गर्न कहिलै नसिकाउने रहेछ !

Saturday, June 6, 2026

Saturday Musings: हात्ती आयो, हात्ती आयो, फुस्सा ?!

नेपालको अनुभव के छ भने राजनीतिक परिवर्तनपछि जब सत्तामा नयाँ मानिस पुग्छन् तब तिनीहरू र तिनका आसेपासेले कस्तो हल्ला चलाउँछन् भने -फलानो मानिस प्रधानमन्त्री बन्नु, वा चिलानो मानिस गृहमन्त्री बन्नु वा ढिस्कानो मानिस अर्थमन्त्री बन्नु नै उपलब्धि हो । बाँकी तपसीलका कुरा हुन् ।

Saturday, May 30, 2026

सजिलोसँग सास फेर्न देऊ !

शान्तिपूर्ण, धाँधलीरहित निर्वाचनबाट निर्माण भएको सरकारको योग्यतामाथि प्रश्न गर्न नैतिक रूपमा गार्‍हो हुन्छ । 'सरकार चलाउने मानिस योग्य' छैनन् बारम्बार भन्दा उनीहरूलाई चुनेर त्यहाँ पठाउने बहुसङ्ख्यक जनता मुर्ख भएको र उनीहरूले गल्ती गरेको विश्वास गर्नुपर्ने हुन्छ ।

Friday, May 29, 2026

नक्कल गर्नु राम्राको !

प्रधानमन्त्रीको कालो पोशाक, कालो चस्मा र कालो टोपीको रोजाइ र कम बोल्ने अभ्यास महेन्द्र शाहको नक्कल भन्ने धेरैबाट सुनियो ।

Thursday, May 21, 2026

म कहाँको पोखरेल ?!

तिमी कहाँको पोखरेल ?!

यो प्रश्नले मलाई बेलाबेलामा पछ्याइरहन्छ । अरू पोखरेललाई पनि पछ्याउँदो हो ।

Tuesday, May 19, 2026

किन नदिने सेनाका अवकासप्राप्तलाई निजामती नेतृत्व ?!

सेनाका सेवानिवृत्त अधिकारीलाई सार्वजनिक जिम्मेवारी दिन थालिएका समाचार सोसल मिडिया र सञ्चारमाध्यममा देखिरहेको छु । ती समाचार सत्य हुन् कि होइनन् मलाई थाह छैन । नहुन पनि सक्छन् । तर, समाचार साँच्चिकै सत्य हुन् भने यो एउटा दुखद् सुरुआत हो ।

Wednesday, May 13, 2026

विरोध मात्र गर्छन्, समाधान दिदैनन् !?

सरकारको भक्तिगान नगर्ने र प्रश्नमात्र गर्न रुचाउने मानिसहरूले सधैं झेल्ने गरेको टिप्पणी हो यो । सत्ताका समर्थकहरू भन्ने गर्छन् -यिनीहरूका कुरा के सुन्नु ? यी विरोध गर्ने हुन्, समाधान दिने होइनन् !

Monday, May 4, 2026

विकास, राजनीति, दलतन्त्र

केही वर्षअघि देश बनाउन भौंतारिँदै गर्दा रविन्द्र मिश्रले एउटा गजबको स्लोगन बनाउनुभयो । त्यो थियो -‘विचारभन्दा माथि देश’ । यो स्लोगनको फ्यालसीबारे धेरैले मिश्रलाई बुझाउन खोजे । देश भनेको पनि विचार नै हो, विचारभन्दा माथि केही हुँदैन भन्ने सामान्य कुरा उहाँलाई बुझाउन सकिएन ।

Friday, May 1, 2026

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य ?!

सुकुम्बासी वा informal settlements मा बस्ने मानिसको अवस्थाबारे 'गैर सुकुम्बासी' समूहको बुझाइ अक्सर पूर्वाग्रही हुन्छ । जमीनमा स्वामीत्व भएका वा आर्थिक रूपले सम्पन्न मानिसहरू सुकुम्बासीलाई सार्वजनिक जग्गा कब्जा गरी बस्ने, बदनियत भएका, अशिक्षित, अल्छे र अयोग्य मानिसका रूपमा हेर्छन् । सुकुम्बासीकै लागि पनि सुकुम्बासी हुनु प्रतिष्ठा वा गौरवको विषय होइन ।

तर, राज्यले सुकुम्बासीलाई कसरी हेर्ने त ?

Monday, April 27, 2026

म सरकारविरोधी होइन तर यो तरिका ठिक भएन है

जेनजी आन्दोलन राज्यले उपेक्षा गरेका वर्ग र समूह सबैको सपनाको जगमा उभिएको थियो । राज्यले भूईंमान्छेका दुःख देखेन भनेर विद्यार्थी सडकमा आए र उनीहरूका पछाडि युवा, बृद्ध, बालबालिका सबै आए । रगत बगाए, भविष्यको मिठो सपना बुने ।

Saturday, April 25, 2026

Depoliticization Won't Solve Our Problems

I am not trying to lecture the government -who am I to do that? The people running the government are far more knowledgeable than I am.

I am simply writing about things that, in my view, we ordinary citizens should consider.

Wednesday, April 22, 2026

राहुल रोय सफल कि असफल ?

तपाईंमध्ये कतिले 'आशिकी' नामको हिन्दी फिल्म हेर्नुभयो होला । सन् १९९० मा रिलिज भएको यो फिल्म धेरै लोकप्रिय भयो । यसका 'हिरो' राहुल रोय पनि यही फिल्मका कारण लोकप्रिय भए । भनिन्छ यो फिल्म रिलिज हुनासाथ उनले केही दिनभित्र ४५ भन्दा बढी अरू फिल्मका सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर पछि राहुल रोयले खेलेका फिल्म धेरै चलेनन् । भारतीय फिल्म उद्योगमा एकाएक चम्केका उनी केही समयपछि हराए ।

Tuesday, April 21, 2026

विद्यार्थी संगठन हटाउने कि तौरतरिका फेर्ने ?

राज्यले गर्ने निर्णयको कुरा होस् वा सार्वजनिक नीति बनाउने कुरा -नेपालमा हचुवागिरी (adhocism) स्थायी चरित्रका रूपमा सवैतिर विद्यमान छ । विगतमा एकजना शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँलाई एकदिन लाग्यो नेपालका विद्यालयमा पठनपाठन राम्रो नभएको सरकारी शिक्षकले राजनीतिक दलमा आवद्ध भएर हो । त्यसैले, उहाँले निर्णय गराउनुभयो -शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने ।

Friday, April 10, 2026

इस्लामाबादलाई शुभकामना !

 पश्चिमी वायुको प्रभावले केही दिनदेखि परिरहेको झरी थामिएपछि इस्लामाबादको आकाश बिहीबारबाट केही खुलेको छ।

घाम र बादलको लुकामारीबीच उत्तरपट्टिको मार्गला हिलमुनिको सुन्दर इस्लामाबाद सहर थप सुन्दर देखिएको छ।

यति नै बेला इस्लामाबाद एउटा ऐतिहासिक घडीको पर्खाइमा पनि छ। अमेरिका–इरान–इसराइलको युद्ध विरामपछि अमेरिका र इरानबीच आउँदो शनिबारबाट कुराकानी सुरू हुँदैछ।

Tuesday, March 10, 2026

शासकका बाटामा काँडा बिछ्याउने कि फूल ?

यस पटक निर्वाचन परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन।

यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत गरिसकेको छु।

Sunday, March 8, 2026

मध्यरातको यात्रा, मेहदी हसन र मध्यपूर्वको सन्त्रास

आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको छ । हिंड्दा, गाडी चलाउँदा वा आकासमा उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् । 

 

Thursday, February 26, 2026

मध्यरातका शिशुहरू

मेरो ‘पढ्नुपर्ने पुस्तक’को सूचिमा केही त्यस्ता पुस्तक छन् जुन पुछारबाट उकालो चढ्न पाउँदैनन् । सूचिको अग्रभागमा नयाँ पुस्तक थपिन्छन् र पुछारका पुस्तकमाथि मबाट अन्याय भइरहन्छ । लामो समयसम्म अन्यायमा परेका  त्यस्ता पुस्तकमध्ये एक हो सलमान रस्दीको ‘Midnight’s Children’ । 

Thursday, February 19, 2026

निर्वाचनपछिको नेपालबारे ७बुँदे टिप्पणी

नेपालको निर्वाचनको माहोलबाट म टाढा छु ।  धुमधामले प्रचार-प्रसार चलिरहेका बेला को लोकप्रिय छ, कसले जित्ला, कसले हार्ला भन्ने अनुमान गर्न म सक्दिन, न त यसमा मेरो रुचि छ । त्यसैले, यो लेखमा म निर्वाचनको परिणामको आकलनमा केन्द्रित हुनेछैन । यस निर्वाचनले नेपालको राज्य र समाजलाई भोलिको दिनमा कस्तो प्रभाव पार्ला ? यस विषयमा मेरा दृष्टिकोण यहाँहरूलाई सुनाउन चाहन्छु ।

Tuesday, February 10, 2026

रमाइलो मेला

एक साँझ, एक गाऊँ
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’

Sunday, January 25, 2026

बसिबियाँलोः नेपाली जिब्रो झुक्याउने अङ्ग्रेजीका कुरा

म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तर, पछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषा, चाहे त्यो मातृभाषा नै किन नहोस्, शुद्ध तरिकाले बोल्न, लेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।

Monday, January 12, 2026

रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस

पुस २७ पृथ्वी जयन्तीका लागि चिनिन्छ। तर यसपटक, अर्थात् २०८२ को पुस २७ नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको शरीरमा सास हाल्न पार्टीभित्र गरेको विद्रोहका लागि अभिलेखमा रहनेछ।