Sunday, August 18, 2013

महराको चर्च प्रकरण र धर्मनिरपेक्षताको प्रश्न

समाचार घटनाका विवरण मात्र हैनन् । पत्रकारिताका अध्येताहरूले यसलाई अझ राम्ररी वर्णन गर्न सक्लान् । मेरो सामान्य बुझाइमा समाचारभित्र राजनीति र कवितात्मता (अङ्ग्रेजीमा भनिने politics and poetics) लुकेका हुन्छन् । लेख्ने, पढ्ने र विश्लेषण गर्नेले हरेक समाचारलाई निश्चित र फरकफरक ढङ्गले बुझेका हुन्छन्  । समाचार स्वयं र तिनले सृजना गर्ने तरङ्गले समाजको सोच वा मानिसकता कस्तो छ र कुन दिशातर्फ उन्मुख छ ? भन्ने बुझ्न निकै सघाउँछन् ।