Sunday, November 5, 2017

चुनाव, गठबन्धन र साझा पार्टी

चुनावको माहोल छ । सबै तातिएका छन् । आफू पनि केही न केही त गर्नै पर्‍यो । त्यसैले यो लेख ।

विषय १: गठबन्धन । विषय २: पूराना भर्सस् नयाँ, भ्रष्ट भर्सस् इमानदार, असक्षम भर्सस् सक्षम् ! भोट कसलाई दिने त ? बिग्रेको राजनीति कसरी सुधार्ने त ? समृद्धि कसरी हासिल गर्ने ? यिनै २ विषयमा मेरो २ पैसाको च्याँखे दाउ ।

Tuesday, January 3, 2017

एमालेको ‘राष्ट्रवादी’ रणनीति

०४६ को राजनीतिक परिवर्तन नेपाली कांग्रेस र त्यतिबेला नेकपा माले भनिने अहिलेको एमालेको नेतृत्वमा सम्भव भएको हो। बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि कम्युनिस्ट पार्टीका रूपमा राजनीतिमा उदाएको नेकपा मालेको सशक्त क्रान्तकारीधार तत्कालीन सन्दर्भमा धेरैका लागि आशा र भरोसाको केन्द्र थियो।