Bluesky

@sanpokh.bsky.social

Monday, November 3, 2025

एक हप्ता मागेर एक महिनामा हिमालयन बैंकले गर्न नसकेको काम !

नेपालमा कामकाजको संस्कृति कस्तो छ ? मलाई लाग्छ यो विषयमा गहिरो आत्ममूल्यांकन जरुरी छ ।

सरकारी सेवाको त कुरै नगरौँ ! नेपाल सरकारका कुनै अफिसमा काम विशेषका लागि जानु छ भने कि त्यो ठाउँमा चिनजानको मानिस को छ भनेर पहिला सोधखोज गर्नुपर्छ कि पैसाको बिटो बोकेर जानुपर्छ । होइन भने सरकारी कर्मचारीले सजिलो कामलाई पनि जटिल बनाएर, फनफन घुमाउँछन् अनि हप्काएर, धम्क्याएर १०४ डिग्रीको ज्वरो निकालिदिन्छन् ।