केटाकेटी छँदा खाएको बन्दाकोभी, रायोको साग, मुसुरोको दाल र लौकाको तरकारीको सुबास नाकमा झुण्डेको छ । आजभोलीको खानामा त्यो सुबास छैन । तरकारीहरू हेर्दा सुरिला र ठूला देखिन्छन्, पकाउँदा उहिलेको जस्तो स्वाद फिटिक्कै नहुने । भात, दाल, तरकारी खाँदा स्वादका लागि हैन, बाँच्नका लागि खाएझैं लाग्छ । यी खानेकुरा हुन् कि ठूलो मात्रा खानुपर्ने औषधी हुन् छुट्ट्याउन गार्हो हुँदैछ ।