नेपालीहरू ठान्छन् संसारले नेपाल र नेपलीलाई इज्जत नै गर्छ । बुद्ध र सगरमाथाको देश हो हाम्रो । तर, राहदानीको अवस्थाले संसारका धेरै देशले नेपालीलाई पत्याएको देखाएन ।
सन् २०२६ को Henley Passport Index का अनुसार नेपालको राहदानी अफ्रिकाका अति कम विकसित र द्वन्द्वग्रस्त Côte d'Ivoire, लाइबेरिआ, सिएरा लिअन, कङ्गो भन्दा १० पइन्टभन्दा बढी खराब र एसियाका श्री लंका, म्यानमार अनि बङ्ग्लादेशभन्दा केही पइन्टले खराब रहेछ । पाकिस्तान र अफगानस्तानभन्दा केही पइन्टले मात्र राम्रो तर भारतभन्दा १७ पइन्टले खराब रहेछ ।Henley and Partners को Index मा नेपालको राहदानीको वर्तमान स्तर (rank) ९७ छ र नेपालीहरूले संसारका ३५ देशमा बिना भिजा भ्रमण गर्न पाउँछन् । भारतको स्तर ८० छ र भारतीयहरूले ५६ देशमा भिजा बिना नै भ्रमण गर्न पाउँछन् ।
नेपालको राहदानी यति कमजोर हुनुका कारण विविध होलान् तर मूल कारण नेपालको विगतको कमजोर कुटनीति पनि हो । राजदूत पदलाई अवकाशपछिको जीवन सहज बनाउने पुरस्कार, पार्टीलाई चन्दा र कार्यकर्ता भर्तीको माध्यम बनाएकाले पनि नेपालको राहदानी विदेशमा नबिकेको होला ।
नेपालको कर्मचारीतन्त्रमा पनि नेपालीहरू विदेशका विभिन्न देशहरूमा जथाभावी गएर समस्यामा पर्ने भएकाले बरू सम्बन्धित देशले नै सजिलै भिजा नदेवोस् वा भिजा अन अराइभल नगरोस् भन्ने मानसिकता रहेछ ।
मलाई लाग्छ यो मानसिकता फेर्नुपर्ने बेला आएको छ ।
झट्ट हेर्दा मध्यम वर्ग वा धनीको मात्र समस्याजस्तो देखिए पनि कमजोर राहदानीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैलाई असर गरिरहेको छ । सरकारले यो समस्यालाई प्राथमिकतामा राखेर काम गरोस् ।
नेपालको राहदानीको मान्यता कमसेकम भारतको जति त हुनुपर्ने हो !
कि कसो ?!
No comments:
Post a Comment