Thursday, February 28, 2013

औचित्यहीन निर्वाचन


राजनीतिक दलहरू आम निर्वाचनलाई संकट समाधानको एकमात्र उपाय ठहर्‍याउँदै जसरी भएपनि निर्वाचन गर्ने मनस्थितिमा छन् । यसमा राजनीतिक दलका नेता, कार्यकर्तामात्र नभएर बुद्धिजीवी र अन्तर्राष्ट्रिय समुदायको पनि सकारात्मक दृष्टिकोण रहेको देखिन्छ । निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा प्रभावकारी अस्त्र मान्ने लोकतन्त्रका पक्षपातिहरू नेपालको वर्तमान जटिल परिस्थितिलाई निर्वाचनले मात्र सहज बनाउनसक्ने तर्क राखिरहेका छन् ।

Monday, February 11, 2013

प्रेम र स्वार्थ

तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ ।
हाम्रो हिसाब किताबमा
सँच्याउनु पनि छ ।
यो हिसाब भुलेर तिमीलाई
बेहिसाब मनपराएँ ।
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ ।
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ ।।

राममान तृषितले लेख्नुभएको र नारायणगोपालले गाउनुभएको यो गीतमा प्रेमी-प्रेमीकाको 'हिसाबकिताब'को प्रसङ्ग उठाइएको छ, रमाइलो शैलीमा । गीतमा प्रेमी आफ्नी प्रेमीकालाई भन्दैछ -"हाम्रो हिसाबकिताबमा केहि समस्या छन्, त्यसलाई सँच्याउन जरुरी छ" । अनि फेरि तत्कालै स्वीकार गर्छ ती सबै हिसाब भुलेर उसले प्रेमीकालाई मन पराएको छ । चुपचाप ।

Thursday, February 7, 2013

शंका गर्ने क्षमता र हामी

मनमा विभिन्न विचारहरू आइरहन्छन् । कति छिप्पिन नपाउँदै वाफ भएर उड्ने ; कतिचाहिँ पछि आफैंलाई वाहियात लाग्ने । लेखिहालौं र अरूलाई सुनाइहालौं जस्ता विचार थोरै मात्र हुने रहेछन् । मलाई मात्र यस्तो लाग्ने हो की अरूलाई पनि यस्तै हुन्छ -थाहा छैन । तर, मनमा कहिलेकाहिं तुफान भएर आउने टुक्रे कुरा पनि महत्त्वहीन नै हुन्छन् भन्ने छैन । आज केहि टुक्राहरू जोडजाड गर्न मन लाग्यो ।