नेपाल किन बन्न सकेन भन्ने ‘टपिक’ अब पुरानो भइसकेको छ ।
सम्भवतः यसमा मेरा थप ‘गनगन’ सुन्ने जाँगर तपाईंलाई नहोला । त्यसमाथि, मलाई व्यक्तिगतरूपमा नेपाल बन्न नसकेकोमा चिन्ता अनि नेपाल बनाउन पाए
हुन्थ्यो भन्ने हुटहुटी दुबै छैन आजभोलि ।
विकास-अविकास तथा समृद्धि-गरीबी अर्थ-राजनीति र इतिहाससँग
जोडिएका प्रश्न हुन् । यिनको विवेचनाका लागि समाज र इतिहासको गहीरो अध्ययन चाहिन्छ
। मेरो अध्ययन नेपालको अविकासका कारण र तिनको निदानका उपाय पत्ता लगाउन पर्याप्त
छैन ।