Follow me on Twitter

Wednesday, December 24, 2025

बसिबियाँलोः वर्षको अन्तमा पढेका तीन पुस्तक

आज फेरी किताबका कुरा गरौँ है ! तर, कुरा सुरु गर्नु पहिले मलाई मन पर्ने उर्दु कवि जोन एलियाको एउटा कविताका दुई टुक्राः

तुम जब आओगी तो खोया हुआ पाओगी मुझे
मेरी तन्हाई में ख़्वाबों के सिवा कुछ भी नहीं
मेरे कमरे को सजाने की तमन्ना है तुम्हें
मेरे कमरे में किताबों के सिवा कुछ भी नहीं

इन किताबों ने बड़ा ज़ुल्म किया है मुझ पर
इन में इक रम्ज़ है जिस रम्ज़ का मारा हुआ ज़ेहन
मुज़्दा--इशरत--अंजाम नहीं पा सकता
ज़िंदगी में कभी आराम नहीं पा सकता

Saturday, December 20, 2025

केपी ओलीको पुनःअनुमोदनमा मेरा टिप्पणी

[नोटः अरू पार्टीका कुरा अरू बेलामा गरौँला -आजलाई केवल एमालेका कुरा गरौँ ।]

केपी ओली एमालेको अध्यक्ष पदमा पुन निर्वाचित भए । उनलाई हार्दिक बधाई छ !

जेनजी विद्रोहपछि एमालेको नेतृत्व संरचना र मानसिकतामा केही परिवर्तन आउला कि भनेर आश गर्नेहरू कि त एमाले विरोधी खेमाका मानिस थिए कि राजनीतिक दलहरूबाट स्वतन्त्र बौद्धिक व्यक्तित्व । ओली फेरी चुनिएको खबरबाट उनीहरू दुखी भएको सहजै बुझ्न सकिन्छ ।

Sunday, December 7, 2025

नेपालको राजनीतिका पाँच पत्रु प्रवृत्ति

भनिन्छ त्यो देश सबल र असल हो जहाँ सरकार वा नेताका बारेमा कम कुरा हुन्छ । मानिसहरू सरकार कसरी चलिरहेको छ वा फलानो-चिलानो-ढिस्कानो नेता कस्तो छ भन्ने विषयमा हरेक दिन जसो विवाद, छलफल वा बहस गर्नमा मस्त रहन्छन् भने त्यसबाट बुझ्नुपर्ने हुन्छ त्यस देशको हाल ठिक चलिरहेको छैन ।

कति राम्रो हुन्थ्यो राजनीतिका कुरा गर्न नपर्ने भए ! हामी सामान्य नागरिकले कुरा गर्ने विषय दर्शन, विज्ञान, कला, साहित्य, गीतसंगित, आ-आफ्नो रुचि, दक्षता, स्वास्थ्य, मौसम, भ्रमण, पुस्तक, प्रेम, स्नेह आदिइत्यादि हुनुपर्ने हो । तर, समाज वा राज्य निर्माण गर्ने लक्षमा बाटो बिराएर भौँतारिरहेको नेपालका नागरिक हामी नेता र मन्त्रीका बारेमा यति गम्भीरतापूर्वक कुरा गर्न अभिसप्त छौँ -मानौँ यो नै राज्य र समाजको एकमात्र विषय हो ।

यही अभिसप्त माहोलमा म फेरि नेपाली राजनीतिका बारेमा कुरा गर्न लाग्दैछु । आजको लेखमा मलाई मन नपर्ने केही ठुला र केही साना प्रवृत्तिका बारेमा कुरा गर्दैछु । यो सूचि लामो हुनसक्छ र तपाईं आफूलाई मन नपर्ने प्रवृत्ति पनि यसमा जोड्न सक्नुहुन्छ ।