Friday, October 16, 2015

आत्मविवेचना: ट्विट कथा

मानिसहरू समाजमा आफ्नो स्थान (point) का आधारमा विचार (view) बनाउने गर्छन् । अरूको point प्रति धेरै चासो राख्दैनन् । मूलधारे मिडिया र सोसल मिडियामा व्यक्त दृष्टिकोण वा प्रतिक्रियामा point of view भन्दा पनि view of a point बढि देखिन्छ । अर्थात्, हाम्रो समाजमा आत्मविवेचना (self-reflection?) को अभाव छ ।

Sunday, October 11, 2015

विश्लेषण: नेपाल-भारत सम्बन्ध

यो नाकाबन्दी

भारतबाट पेट्रोलियम पदार्थ बोकेका ट्रक नेपाल आउन छाडेको समाचार बाक्लिएपछि एक जना विदेशी मित्रले मसँग सोधे, “भारतले सीमा नाकाहरू किन बन्द गरिदिएको ?”

म उनलाई नेपालको समग्र राजनीतिक अवस्थानयाँ संविधानमा केही दलको असन्तुष्टि र त्यसमा भारतको चासोको बेलिबिस्तार लगाउन थालें । तरयी कुराहरूको वर्णन गर्दै जाँदा मलाई नाकाबन्दीबारे प्रष्ट पार्न सफल नभइरहेको महसूस हुँदैगयो । नेपालभारत सम्बन्धको उतारचढाव र दिल्लीको पछिल्लो चासोबारे मेरो व्याख्याको अन्त्यमा मित्रले फेरि सोधे, “यी सब समस्याको समाधान नाकाबन्दीबाट हुन्छ त ?”

Saturday, October 3, 2015

फोटो ब्लग: धानका खेत र अस्ताउँदो घाम

सप्ताहन्तमा अलि लामो हिड्ने मौका मिल्छ । कहिले कपनको गुम्बा हुँदै ज्वागलसम्म पुग्छु त कहिले भङ्गाल । आज यस्तै हिँडाइमा निस्केको थिएँ । घर फर्कँदा हाते फोनले झण्डै १० किलोमिटर हिँडेको देखायो ।

आफू जन्मेको परिवेशमा हिँड्नुको मजा अलग हुन्छ । मानिसका अनुहारदेखि उनिहरूको दिनचर्या सबै नजिकका लाग्छन् । बाटोमा भेटिने भुस्याहा कुकुरसँग पनि एकप्रकारको नजानिदो परिचय भएजस्तो लाग्छ । माटोको सुवासको त कुरै छोडौँ !