बेलाबेलामा केही मानिसले भन्ने गर्छन् –नेपाली
सार्है सोझा छन् । अर्काथरिले भन्छन् –त्यसो होइन, नेपाली कहीँ नभएका चण्डाल र
धुर्त छन् ।
कति मानिस भने घोरिन्छन् र जान्न खोज्छन्
नेपाली साँच्चीकै सोझा कि धुर्त ?
यो प्रश्न आफैँमा मिलेको छैन । किनकि सम्पूर्ण
जनसङ्ख्याको एउटा चरित्र हुँदैन । जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा
फरक-फरक खालका मनोसामाजिक र बौद्धिक प्रवृत्तिहरू छन् । एउटै जातभित्र पनि फरक सोच
र व्यवहार भएका मानिस हुन्छन् । व्यक्तिविशेषका सोचाइ र व्यवहारलाई विभिन्न सामाजिक
अवस्थाले प्रभाव पारेका हुन्छन् । छोटकरीमा, सोझोपन वा धुर्तपनको सामान्यीकरण गर्न
मिल्दैन ।