Bluesky

@sanpokh.bsky.social

Thursday, April 10, 2025

दलहरू पनि निरंकुश, सुधार चाहियो!

पञ्चायती व्यवस्थाका रक्षक प्रशंसकहरू संवैधानिक राजतन्त्र पुनर्स्थापना गर्ने बहानामा निरंकुशता फर्काउने अभियानमा आज सडकमा छन्। देशको अवस्थाबाट निराश मानिसहरूको एउटा समूह उनीहरूको साथमा छ।

नयाँ सविधान लागू भएर देश लोकतन्त्र विकासको मार्गमा अघि बढ्ला भन्ने आशा निराशामा परिणत भएको परिस्थितिमा धार्मिक अतिवाद तथा कोरा राष्ट्रवादलाई लोकतान्त्रिक प्रणाली मास्ने हतियारका रूपमा प्रयोग गरिँदैछ।

Saturday, March 29, 2025

तीनकुनेमा भएको आन्दोलन कि देशद्रोह?

राजनीतिक दल र सरकारप्रतिको आमअसन्तुष्टि आफ्नो पक्षमा पार्न पूर्वपञ्चहरू लामो समयदेखि सक्रिय थिए।

पञ्चहरूको महाअभियानका लागि जनमत बनाउन दुर्गा प्रसाईं मात्र होइन, युट्युब र समाचार संस्था चलाउने विभिन्न 'भलादमी' पनि कम्मर कसेर लागेका थिए। उनीहरूसँग पैसा थियो र देश-विदेशका धार्मिक अतिवादीहरूको साथ थियो।

Friday, March 21, 2025

अधिनायकवादको समाजशास्त्र– कोही किन ल्याउन चाहन्छ राजा?

ज्ञानेन्द्र शाहको फेरि राजा हुने अभियानलाई मैले गम्भीरतापूर्वक लिएको छैन। कुनै दिन उनी राजा भएछन् भने 'बधाइ छ, ज्ञानेन्द्र जी' भनौंला।

यो लेखमा उनलाई सिंहासनमा फर्काउन चलिरहेको आन्दोलनको कारण र यसको लोकप्रियताको कुरा गरौं।

Tuesday, March 11, 2025

देशको हाल खराब छ -स्वीकार गर !

विगत केही समयदेखि मेरो बुझाइ के रहेको छ भने नेपालको समग्र ‘स्वास्थ’ ठीक चलिरहेको छैन । यसअघिको ब्लगमा अमीत ढकालको लेखको चर्चा गर्ने क्रममा पनि मैले यही दृष्टिकोण प्रस्तुत गरेको थिएँ । आज यसैमाथि केही पूरक विचारहरू राख्दैछु ।

Tuesday, March 4, 2025

मात्र तस्वीरहरू

आजको ब्लगमा तस्वीरहरू मात्र । यो साता केही अफ्रिकी देशको भ्रमणपछि केन्या आइपुगेको छु । यही मौकामा विगत केही दिन मासइ मारा संरक्षण क्षेत्र घुम्ने चाँजो मिल्यो । मेरो सिकारु फोटोग्राफीबाट* निस्केका केही तस्वीर यहाँ राख्दैछु ।

बिचतिर मासइ पुरुषहरूको तस्वीर देख्न सक्नुहुनेछ । 

*अन्तिमको तस्वीरचाहिँ मेरो क्यामेराबाट होइन । ;-)

Friday, February 14, 2025

आशावादी हुने ठाउँ छ त ?!

नेपालको समग्र अवस्था र आम निराशाका बारेमा अमीत ढकालको विस्तृत अनि रोचक लेख सेतोपाटीमा प्रकाशित भएको छ । अमीत ढकाल एक उम्दा अर्थशास्त्री र विश्लेषक भएको यो लेखले पनि  पुष्टि गर्छ जस्तो मलाई लाग्छ । लेखमा उहाँले प्रस्तुत गर्नुभएका दृष्टिकोणमा मेरो पनि मत मिल्छ ।

‘गणतन्त्र आएपछि सबै कुरा खराब भइरहेको छ, नारायणहिटीमा राजा हुँदा सब ठिकठाक थियो’ भन्ने राजावादीहरूको dumb boring तर्कलाई लेखले राम्रोसँग चिरफार गरेको छ ।

Sunday, February 9, 2025

आफ्नो देश, अर्काको देश

“आफ्नो देशमा आउन भिसा (भिजा?) चाहिने नियम त्रुटीपूर्ण छ ।” यो भनाइ हो गैरआवासीय संघका अध्यक्ष बद्री केसीको । गैरआवासीय नेपालीलाई १० वर्षका लागि निशुल्क भिजा दिने कानुनका सन्दर्भमा उनीसँगको अन्तर्वार्ता सेतोपाटीमा प्रकाशित छ

यही प्रसङ्गमा मेरा केही टिप्पणी आज राख्दैछु ।

बद्री केसीको परिभाषामा एउटा देश ‘आफ्नो’ वा ‘अर्काको’ कसरी हुन्छ मैले राम्रोसँग बुझेको छैन -किनकि म सिधा कुरा सिधा ढङ्गले मात्र बुझ्न सक्छु । मैले बुझेको सिधा कुरा के हो भने व्यक्ति र देशको सम्बन्ध जोड्ने आधार नागरिकता हो । राहदानी, सामाजिक सुरक्षा नम्बर, राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रमाणपत्र आदिले एउटा मानिस कुन देशको नागरिक हो भनेर प्रस्ट पार्छन् ।