Follow me on Twitter

Monday, July 22, 2024

आजको विश्व बुझ्न सघाउने एउटा उम्दा किताब

'अहिले कुन किताब पढ्दै हुनुहुन्छ?' पत्रकार बसन्त बस्नेतले हरेकपटक फोनमा कुराकानी हुँदा सोध्ने प्रश्न हो यो।

किताब पढ्ने उहाँको बानी र अनुशासन साँच्चिकै लोभलाग्दो छ।

नयाँ किताब पढिरहेका बेला त फूर्तिका साथ म पनि भनिहाल्छु — फलानो पढ्दैछु।