Friday, October 16, 2015

आत्मविवेचना: ट्विट कथा

मानिसहरू समाजमा आफ्नो स्थान (point) का आधारमा विचार (view) बनाउने गर्छन् । अरूको point प्रति धेरै चासो राख्दैनन् । मूलधारे मिडिया र सोसल मिडियामा व्यक्त दृष्टिकोण वा प्रतिक्रियामा point of view भन्दा पनि view of a point बढि देखिन्छ । अर्थात्, हाम्रो समाजमा आत्मविवेचना (self-reflection?) को अभाव छ ।

आफूलाई एकैछिन अरूको स्थानमा राखेर हेर्दा त्यसबाट निकै फरक र उपयोगी दृष्टिकोण पाउन सकिन्छ । तर, यसो गर्न सजिलो छैन । हामी आफूलाई हेरेर नै अरूप्रति दृष्टिकोण बनाउन चाहान्छौँ । किनकि यसो गर्न धेरै गुणा सजिलो छ ।

मैले हामी भन्दा अरूमात्र भन्न खोजेको होइन । 'म लगायत हामी सबै' भन्न खोजेको । 

अस्तिको दिन विद्या भण्डारीलाई राष्ट्रपती बनाउने चर्चा मिडियामा चलिरहँदा यो कुरा मलाई उतिसारो घत परेन । यसको विपक्षमा मैले तुरुन्ट ट्विट लेखेँ -पछि मेटाएँ पनि ।


उक्त ट्विटमा नेतृ सरिता गिरीले तुरुन्त समर्थन जनाउनुभयो । उहाँले I agree (समहत) भनेर गरेको ट्विटलाई धेरै मानिसले 'फेव' गरे र केहीले रिट्विट पनि ।




त्यही दिन पत्रकार तथा विश्लेषक अजयभद्र खनालले पनि सोही आसयको ट्विट लेख्नुभयो ।



सरिताजी र अजयजीका ट्विट पढेपछि यसरी सोच्ने ममात्र रहेनछु भन्ने एकप्रकारको ढुक्कको भाव मनमा पैदा भयो । तर, केही घण्टापछि ट्विटरमा आँखा डुलाउँदै जाँदा विनिता गुरुङ्गको यो ट्विट देखेपछि मेरो होसहवास उड्यो !


वास्तवमा संविधानसभामा नागरिकतासम्बन्धि प्रावधानका विषयमा छलफल हुँदा 'आमाको नामबाट नागरिकता दिनुहुँदैन' भन्ने मत राख्ने विद्यामात्र थिइनन् । उनको दलका धेरै नेताको मत यही थियो । धेरै पुरुषहरूले उक्त प्रावधानको विपक्षमा आफ्नो मत राखेका थिए । नयाँ सरकारको गठन भएपछि तिमध्ये धेरै पुरुषहरू प्रधान, उप-प्रधान र मन्त्री भएका छन् । उनिहरू मन्त्री हुँदा हामीले आमाको नामबाट नागरिकताको अधिकारका विषयमा उनिहरूका विगतको अडानका बारेमा चर्चा गर्यौँ त ? अहँ गरेनौ !

विनिता गुरुंङ्गको अर्को ट्विट र मल्लिका अर्यालको ट्विट हेरौँ -जसले मलाई आफ्नै विचारप्रति लज्जित बनाए ।



मैले यी विचारहरूसँग सहमत हुँदै आफ्नो गल्ती स्विकार गरेँ र पछि आफ्नो सुरुको ट्विट मेटाएँ ताकि मेरो गलत विचारले कसैलाई बल नपुर्यावोस् ।



फेमिनिस्ट दृष्टिकोणबाट विद्या भण्डारी महिला होइनन् भन्ने प्रतिक्रियाको जवाफमा विनिता गुरुङ्गको यो अर्को ट्विट ।




नेपाल अहिले अलि अप्ठेरो समयमा छ । धेरै मानिस आफूले जे सोचेको छ त्यो नै सही हो भन्ने अडानमा छन् । शंकटका बेला यो अनौठो पनि होइन होला । यद्दपि, आफ्ना विचारलाई पनि कहिलेकाहिँ प्रश्नवाचक चिन्ह लगाउने संस्कार पनि चाहिएको छ । आफ्ना दृष्टिकोणलाई अरूका आँखाबाट जाँचपड्ताल गर्ने संस्कार बस्दै गएमा आजका कति कठिनाइ आफैं हटेर जान पनि सक्छन् ।

No comments:

Post a Comment