जे होस् देशमा सानोतिनो रमिता नै भयो ।
Bluesky
Saturday, December 20, 2014
धर्मपरिवर्तन अपराध कि अधिकार ?!
जे होस् देशमा सानोतिनो रमिता नै भयो ।
Wednesday, December 17, 2014
व्यक्ति निर्माणको बहसमा मेरा केही भनाइ
Thursday, December 4, 2014
बकबास –तर कसको ?
Sunday, November 16, 2014
गढिमाई -हाम्रो गौरव कि लज्जा ?!
Thursday, October 9, 2014
ढोगाउनुहोस् श्रीमतीलाई खुट्टा !
तर, कुनै अनलाइन समाचारमा प्रकाशित श्रीमानले श्रीमतीका खुट्टा ढोगाएको तस्वीरका विषयमा भइरहेका टिप्पणी हेरेर यो संयम क़ायम राख्न सकिन । कर्तव्यका रूपमा भएपनि केही लेख्न मन लाग्यो ।
Sunday, September 14, 2014
नयाँ संविधानका नाममा कति दशक गुमाउने ?
Friday, August 22, 2014
गाई, आस्था, राष्ट्र
Monday, July 28, 2014
किन बिर्सने जातपातका कुरा ?
Saturday, July 12, 2014
सुदूर-पश्चिमः उपेक्षा र अविकासको कथा
| दिपायलबाट स्याउलेबजार आउँदैगर्दा बाटोमा देखिएका मालबाहक ट्र्याक्टर |
Sunday, July 6, 2014
अङ्ग्रेजी शब्द नेपाली शैली
शब्द भाषाको अर्थपूर्ण एकाइमात्र होइन,
मानिसको क्षमता र सिर्जनशीलताको द्योतक पनि हो । लेखक,
कवि, कलाकार,
दार्शनिक, प्राज्ञ
वा वैज्ञानिक सबैले शब्द कै खेति गर्ने हो । शब्दलाई राम्रोसँग प्रयोग गर्न जाने
जस्तोसुकै लेखाइ पनि कलात्मक बन्छ, नजाने जस्तै गतिलो कुरा पनि नीरस ।
आफूले मिलाएर लेख्न वा सही उच्चारण गरेर बोल्न नजाने पनि
नेपालीका क्षेत्रीय लवजहरू मलाई औधि मन पर्छ । काम अथवा घुमघामको सन्दर्भमा
नेपालका विभिन्न ठाउँमा जाँदा त्यहाँ बोलिने लवजका केही पृथकता सिक्न रहर लाग्छ ।
पोखरा, जनकपुर,
जुम्ला, इलाम,
कास्की, बैतडी
वा सुनसरीमा बोलिने नेपाली भाषामा मिठा विविधता छन् –जसका स-साना उदाहरण पनि निकै
रोचक र आश्चार्यलाग्दा छन् ।
नेपाली भाषाको सन्दर्भमा मलाई रोचक लाग्ने अर्को कुरा
विभिन्न अङ्ग्रेजी शब्दको नेपालीकरण हो । नेपालीमा अङ्ग्रेजी भाषाको प्रभाव नयाँ
होइन । भारतको बेलायती उपनिवेशसँगको सन्निकटता वा बेलायती साम्राज्यसँगको सोझो
अन्तर्क्रियाबाट विगतमा हामीले उनीहरूका कतिपय शब्द आफ्नो भाषामा भित्र्याएका छौँ
। आजको सन्दर्भमा त नेपाली भाषामा अङ्ग्रेजीको प्रभावका कारण र आयाम अनगिन्ति छन्
।
यही प्रक्रियामा कतिपय अङ्ग्रेजी शब्दका उच्चारणलाई हामीले
ढुक्कसँग नेपाली बनाएका छौँ भने कतिपय शब्दका अर्थलाई नेपाली रङ्ग दिएका छौँ ।
भाषाको शुद्धीकरणको वकालत गर्ने वा भाषा विज्ञका यस विषयमा फरक मत होलान्,
तर नेपालीमा छिरेका अङ्ग्रेजी शब्दको प्रयोग मलाई रमाइलो
लाग्छ । आज केही टिपनटापन अङ्ग्रेजी शब्दको नेपाली प्रयोगलाई उदाहरण बनाउँदै मेरा
आफ्ना धारणाको बेलिबिस्तार लगाउँदैछु ।
अङ्ग्रेजीमा संज्ञाका रूपमा प्रयोग गरिने ‘लुक’ले नेपालीमा पनि लगभग उही अर्थ बोक्छ तर अन्तमा ‘स्’ थपिएर । मानिसको स्वरूप वा आवरण जनाउन प्रयोग गरिने ‘लुक्स’ नेपालीमा सधैं बहुवचन हुन्छ –जस्तै, ‘त्यसको लुक्स त क्या हरामी छ यार !’ सधैं बहुवचन हुने अङ्ग्रेजी शब्द लुक्स मात्र होइन –जोक्स र लेडिज पनि हुन् । ‘एउटा जोक्स भन्छु ल ?’ भनेको त हामी सधैं सुन्छौँ । ‘म लेडिज भएर पनि केटाको बाइक चलाउँछु ।‘ भनेर पनि कतिले गर्व गरिरहेका हुन्छन् ।
सधैँ बहुवचन हुने ट्राउजर्ज, सिजज, प्यान्ट्स, ग्लासेज (चस्मा) आदिलाई भने हामी एकवचनका रूपमा ट्राउजर, सिजर, प्यान्ट र ग्लास भनिरहेका हुन्छौँ ।
कतिपय अङ्ग्रेजी शब्द नेपाली भाषामा बहुआयामिक रूपमा प्रयोग
गरिन्छ । यसको उदाहरण हो ‘डेन्जर’ । अङ्ग्रेजी भाषामा संज्ञाका रूपमा प्रयोग हुने
यो शब्द नेपालीमा अनेकन सन्दर्भमा विशेषणका रूपमा प्रयोग गरिन्छ । उदाहरणका लागि
–“आजको मःमः डेन्जर थियो ! त्यता नजा है त्यहाँको बाटो डेन्जर छ । आज त क्या
डेन्जर देखिएको छस् नि ।“
अङ्ग्रेजीका कतिपय शब्द हामीले आफ्नै उच्चारण र प्रयोगसहित
नेपालीमा भित्र्याएका छौँ । गोदाम, जर्किन, गिलास,
अप्रेसन, हरन,
फाराम, इस्टेरिङ्ग,
नटबल्टु, पिज्जा,
प्लम्बर, पाइडल
आदि नेपाली शब्दका रूपमा सहजै प्रयोग र पाच्य भइसकेका छन् । अङ्ग्रेजीका उच्चारणमा
गोडाउन, जेरिक्यान,
ग्लास, अपरेशन,
हःन, फःम,
स्टिअरिङ्ग, नटबोल्ट, पिट्सा,
प्लमर, पेडल
निकट उच्चारण हुने शब्दलाई हामीले आफ्नै लवज दिएका छौँ । अङ्ग्रेजीको ओयललाई
हामीले नेपालीमा आयल बनाएका छौँ र यसैका आधारमा नेपाल आयल निगम नै खडा गरेका छौँ ।
कतिपय शब्दलाई हामी बिल्कुल नेपाली अर्थमा प्रयोग गर्छौँ ।
जस्तै, मोटरमा हाल्ने सबै इन्जिन
ओयललाई नेपालीमा हामी ‘मोबिल’ नै भन्छौँ । कसैले कुनैबेला खोलेको आवसिय
(बोर्डिङ्ग) स्कूलको नामबाट आवासिय नभए पनि सबै निजी स्कूल बोर्डिङ्ग भएका छन् । 'रेस्टरन्ट एन्ड बार' हुनका लागि अलग्गै 'बार' चाहिन्न ।
भाषा कहिलै पूर्णरूपमा मौलिक वा शुद्ध हुँदैन । प्रयोगकर्ता (मानिस)को जीवनसँगै भाषाको जीवन पनि गतिशील हुन्छ । त्यसैले भाषामा एकरूपता खोज्नु वा कुनै शब्द वा तिनको प्रयोगलाई स्थिर राख्छु भन्नु युक्तिसंगत नहोला । माथिका अङ्ग्रेजी शब्दहरूको नेपाली भाषामा प्रयोग र स्वीकार्यता यसको उदाहरण हुनसक्छ । यी शब्दका वैकल्पिक शब्दहरू समेत नेपाली भाषामा छैनन् वा तिनको आवश्यकता महसुस गरिएको छैन ।
तर, सबै सन्दर्भमा यो नियम नै
लागू हुन्छ भन्न मिल्दैन । भाषामा शुद्धता बुझाइको आधारमात्र होइन,
भाषाप्रति देखाउनुपर्ने अनुशासन र सम्मानको कुरा पनि हो ।
आफूलाई जस्तो मन लाग्छ उस्तै लेख्ने वा बोल्ने हो भने भाषाले सम्भवतः आफ्नो
उद्देश्य गुमाउँछ । संसारका सबै भाषामा त्यसका प्रयोगकर्ताले निश्चित मानक तोकेका
हुन्छन् –जसले भाषामा आउने परिवर्तनलाई स्वीकार गर्दै निश्चित नीति-नियमको
परिपालनामा पनि जोड दिएका हुन्छन् । अङ्ग्रेजी भाषाका नेपाली प्रयोगका सन्दर्भमा
पनि सामान्य अनुशासनको आवश्यकता रहेको नकार्न मिल्दैन ।
अङ्ग्रेजी भाषाका कतिपय शब्दलाई तिनको सही उच्चारण अज्ञानता वा लापरवाहीवश विगारेर गरिने प्रयोग कर्कश सुनिन्छ । यस्ता शब्दको सूची निकै लामो छ । तिमध्ये केही हुन् -टार्जेट, डेब्ट, लिभ्लिहुड, पिपुल, ट्राइब्रेकर, पोल्टिकल, ट्वान्टी, भोइलेन्स, कपबोर्ड, प्लेकार्ड, पार्केट, फन्नी, फ्याक्चर, मेसिन, साल्ट, बग्गी, हर्ट, पेन्गुइन, टोर्टाइज, एज्युम, डाइभोर्स, घोस्ट आदि । टागेट/टागिट, डेट, लाइभ्लीहुड, पिप्ल, टाइब्रेकर, पलिटिक्ल, ट्वेन्टी, भायलेन्स, कबर्ड, प्लाकार्ड, पार्के, फनी, फ्र्याक्चर, मसिन, सल्ट, बोगी, हार्ट, पेङ्ग्युइन, टःटस, असुम, डिभोर्स, गोस्ट हुनुपर्ने शब्दहरू गलत उच्चारणबाट कुरुप भएका छन् । नेपाली भाषामा शब्दहरू हुँदाहुँदै वा स्थापित अङ्ग्रेजी उच्चारणबाट जबर्जस्ती बिगारिएका यी उच्चारणहरू गलत मात्र होइन हास्यास्पद पनि सुनिन्छन् ।
भेज्टेबललाई भेजिटेबल, ब्रेकफस्टलाई ब्रेकफास्ट, सोसललाई
सोसियल, लाइभ्लीहुडलाई लिभ्लिहुड
भनिदिँदा नेपाली-अङ्ग्रेजीमा बानी नपरेको मानिसलाई बुझ्न गार्हो हुनसक्छ ।
नेपाली भाषामा उपलब्ध सहज शब्दहरू लक्ष, ऋण/सापटी, जनजीविका,
जनता, राजनीतिक,
हिंसा, दराज,
हाँसउठ्दो, नुन,
मुटु आदिका ठाउँमा जबर्जस्ती प्रयोग गरिएका माथि उल्लिखित
अङ्ग्रेजी शब्दको गलत उच्चारण मलाई सुन्दै कृतिम र असहज लाग्छ । अङ्ग्रेजी भाषामा
राम्रो दखल राख्ने विद्वानहरूले पनि यस्ता शब्दलाई गलत रूपले उच्चारण गरेको सुन्दा
अङ्ग्रेजी भाषीका सामुन्ने लाजमर्नु भएका केही अनुभव छन् । माथि भनेझैं
अङ्ग्रेजीका शब्दको गलत प्रयोग उच्चारणमा मात्र सीमित छैन ।
देशको नामका रूपमा प्रयोग गर्दा जर्मनी हुनुपर्नेमा जर्मन
लेख्ने/भन्ने बानी हामी धेरैमा छ । आकासमा बादल लाग्दा क्लाउडी भए पनि घमण्डी
मानिसलाई ‘प्राउडी’ भन्न मिल्दैन –प्राउडी शब्द अङ्गरेजी भाषामा छैन । तर,
‘त्यो केटी लास्टै प्राउडी छे’ भनेको धेरै सुनिन्छ । सामान
किन्न जाँदा मार्केटिङ्ग होइन शपिङ्ग गरिन्छ । मार्केटिङ्ग सामानको बिक्री बढाउन
गरिने प्रबर्धनको प्रक्रिया हो । तर ‘म मार्केटिङ्गमा जान्छु,
तिमीलाई के चाहिन्छ भन ?’ भनिएको धरै सुनिन्छ । त्यसैगरि, इक्विपमेन्ट शब्दको अर्थ मसिन वा औँजार होइन र यसको बहुवचन पनि हुँदैन तर हामी
इक्विपमेन्टलाई अक्सर बहुवचनमा प्रयोग गरिरहेका हुन्छौँ र भन्छौँ –‘उसको अफिसमा
थुप्रै नयाँ इक्विप्मेन्ट्सहरू छन्’ ।
सामान्य बोलचालमा त अशुद्ध बोल्ने वा लेख्ने चलन छँदैछ
अङ्ग्रेजी शब्दको गलत प्रयोगमा सञ्चारमाध्यम निकै नै अगाडि छन् । जतिसुकै टिप्पणी
गरेपनि सञ्चारमाध्यमले ट्वान्टी-ट्वान्टी, प्लेकार्ड र वेभसाइट भन्न छोडेका छैनन् । ट्वेन्टी,
प्लाकार्ड र वेबसाइटसँग सञ्चारमाध्यमको के दुश्मनी हो बुझ्न
सकिन्न ।
भाषामा सहजता र सिर्जनशीलताका लागि प्रशस्त स्थान हुन्छ ।
तर, यसो भन्दैमा शब्दका
जथावाभी उच्चारण वा प्रयोग सधैँ स्वीकार्य हुन्छन् नै भन्ने छैन । नेपाली भाषामा
अङ्ग्रेजी शब्दको प्रभाव ठूलो छ र हामी नेपाली बोल्दा अङ्ग्रेजी शब्दको प्रयोग
गरिरहेका हुन्छौँ । यसो गर्दा थोरै दुःख गरेर तिनको वास्तविक उच्चारण र सही
प्रयोगमा पनि ध्यान दिनु राम्रो हुन्छ । यसले अङ्ग्रेजी शब्दको नेपाली प्रयोगलाई
स्तरीय बनाउला र साथै अङ्ग्रेजी भाषा सिक्ने विद्यार्थी र अन्यलाई पनि केही
मात्रामा भए पनि सघाउ पुर्याउला ।
नोटः माथि प्रस्तुत उच्चारण सबै सही नहोलान् –फरक भाषामा
सही उच्चारण लेख्न सम्भव पनि हुँदैन । मेरो आग्रह नेपाली बोल्न/लेख्न अङ्ग्रेजी
शब्द प्रयोग गर्दा सकेसम्म सक्कली उच्चारण र प्रयोगका बारेमा पनि जानकारी राख्नु
राम्रो हुन्छ भन्ने हो । मातृभाषा आफ्नो अनुकुल बोल्न/लेख्न पाइएला तर दोस्रो वा
तेस्रो भाषा अरूसँग मागेर लिइएको हो । जसरी मागेर चलाएको भाँडा कुच्याएर फर्काउन
मिल्दैन, त्यसरी नै अरूको मातृभाषा
आफूले मनलाग्दी बिगारेर प्रयोग नगरेको राम्रो । ;-))
Wednesday, June 11, 2014
आइमाई, महिला, नारी
Saturday, May 17, 2014
मोदी उदयले जन्माएका प्रश्न
Tuesday, May 6, 2014
समस्या नकारात्मक सोच कि असक्षम राज्य ?!
Thursday, April 24, 2014
न्यायबिनाको मेलमिलाप ?!
Monday, April 7, 2014
महिलाले के लगाउने भनेर पुरुषले सिकाउने ?
Sunday, March 23, 2014
क्रिकेट स्टेडियमको बहसमा टिप्पणी र जवाफ
Saturday, March 22, 2014
सरकारले बनाओस् क्रिकेट स्टेडियम
Saturday, February 8, 2014
विकास सम्भव छ
Thursday, January 30, 2014
सहिद दिवसमा भ्रमको चिरफार
'देश' वा आधुनिक राज्य निर्माणका क्रममा भएका संघर्षमा मानिसहरूले चाहेर नचाहेर ज्यान गुमाएका हुन् । तर, सहादत देश बन्ने प्रकृयाको 'आधार' हैन । सबै देश मानिसको रगतको जगमा उभिएका छैनन् । सहिदका बारेमा राज्यले नागरिकलाई गलत पाठ पढाएका छन् ।
Saturday, January 11, 2014
पृथ्वी जयन्ती र इतिहासको चेत
भीमसेन थापाले कुन वर्ष, कति मानिस लगाएर कति अग्लो धरहरा बनाए ? भन्ने विवरण इतिहास हैन। इतिहासको एउटा घटना हो। त्यो निश्चित समयमा कुन अभिप्रायले धरहरा बनाइयो? धरहरा निर्माणका आर्थिक र सामाजिक आधार के-के थिए? धरहराले भीमसेन थापालाई के उपलब्धि दिलायो –आदि विषयहरूको विश्लेषण नै सही अर्थमा इतिहास हो।
पृथ्वीनारायणले नेतृत्व गरेको नेपाल राष्ट्रको विस्तार धेरैले भन्ने गरेजस्तो न त कुनै व्यक्तिविशेषको वीरता र अभूतपूर्व दुरदर्शीताको परिणाम हो न त षड्यन्त्रको ग्राण्ड डिजाइन! निश्चित कालखण्डको इतिहास अन्तर्सम्बन्धित सन्दर्भहरूको परिणाम हो जसले व्यक्तिविशेषका क्षमता र संभावनाहरूलाई ‘स्पेस’ दिएको हुन्छ। इतिहासको हाम्रो विश्लेषण यिनै ‘सन्दर्भ’मा केन्द्रित हुनुपर्ने हो। तर, हामीलाई पृथ्वीनारायण भन्ने ‘व्यक्ति’प्रति यति धेरै चासो छ कि हामी त्यसबेलाको सन्दर्भमा पुग्ने आवश्यकता नै देख्दैनौं।
इतिहास हाम्रा लागि ‘ठालूहरूको दिनचर्या’मात्र भएको छ । इतिहासप्रतिको हाम्रो चासो राजा-महाराजाहरूका ‘वीरता’ र ‘बहुलठ्ठी’को कोरा विवरणमा रुमल्लिएको छ । त्यसैले, हामी अधिकांश समय मिथकलाई इतिहास र इतिहासलाई मिथक बनाउँछौं । पुस २७ गतेका दिन पृथ्वीनारायण शाहका पक्ष र विपक्षमा हुने अधिकांश बहसले यो तीतो यथार्थ उजागर गरेका छन् ।