Bluesky

@sanpokh.bsky.social

Thursday, February 26, 2026

मध्यरातका शिशुहरू

मेरो ‘पढ्नुपर्ने पुस्तक’को सूचिमा केही त्यस्ता पुस्तक छन् जुन पुछारबाट उकालो चढ्न पाउँदैनन् । सूचिको अग्रभागमा नयाँ पुस्तक थपिन्छन् र पुछारका पुस्तकमाथि मबाट अन्याय भइरहन्छ । लामो समयसम्म अन्यायमा परेका  त्यस्ता पुस्तकमध्ये एक हो सलमान रस्दीको ‘Midnight’s Children’ । 

Thursday, February 19, 2026

निर्वाचनपछिको नेपालबारे ७बुँदे टिप्पणी

नेपालको निर्वाचनको माहोलबाट म टाढा छु ।  धुमधामले प्रचार-प्रसार चलिरहेका बेला को लोकप्रिय छकसले जित्लाकसले हार्ला भन्ने अनुमान गर्न म सक्दिन, न त यसमा मेरो रुचि छ । त्यसैलेयो लेखमा म निर्वाचनको परिणामको आकलनमा केन्द्रित हुनेछैन । यस निर्वाचनले नेपालको राज्य र समाजलाई भोलिको दिनमा कस्तो प्रभाव पार्ला ? यस विषयमा मेरा दृष्टिकोण यहाँहरूलाई सुनाउन चाहन्छु ।

Tuesday, February 10, 2026

रमाइलो मेला

एक साँझ, एक गाऊँ
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’