Bluesky

@sanpokh.bsky.social

Wednesday, December 24, 2025

बसिबियाँलोः वर्षको अन्तमा पढेका तीन पुस्तक

आज फेरी किताबका कुरा गरौँ है ! तर, कुरा सुरु गर्नु पहिले मलाई मन पर्ने उर्दु कवि जोन एलियाको एउटा कविताका दुई टुक्राः

Saturday, December 20, 2025

केपी ओलीको पुनःअनुमोदनमा मेरा टिप्पणी

[नोटः अरू पार्टीका कुरा अरू बेलामा गरौँला -आजलाई केवल एमालेका कुरा गरौँ ।]

केपी ओली एमालेको अध्यक्ष पदमा पुन निर्वाचित भए । उनलाई हार्दिक बधाई छ !

जेनजी विद्रोहपछि एमालेको नेतृत्व संरचना र मानसिकतामा केही परिवर्तन आउला कि भनेर आश गर्नेहरू कि त एमाले विरोधी खेमाका मानिस थिए कि राजनीतिक दलहरूबाट स्वतन्त्र बौद्धिक व्यक्तित्व । ओली फेरी चुनिएको खबरबाट उनीहरू दुखी भएको सहजै बुझ्न सकिन्छ ।

Sunday, December 7, 2025

नेपालको राजनीतिका पाँच पत्रु प्रवृत्ति

भनिन्छ त्यो देश सबल र असल हो जहाँ सरकार वा नेताका बारेमा कम कुरा हुन्छ । मानिसहरू सरकार कसरी चलिरहेको छ वा फलानो-चिलानो-ढिस्कानो नेता कस्तो छ भन्ने विषयमा हरेक दिन जसो विवाद, छलफल वा बहस गर्नमा मस्त रहन्छन् भने त्यसबाट बुझ्नुपर्ने हुन्छ त्यस देशको हाल ठिक चलिरहेको छैन ।

कति राम्रो हुन्थ्यो राजनीतिका कुरा गर्न नपर्ने भए ! हामी सामान्य नागरिकले कुरा गर्ने विषय दर्शन, विज्ञान, कला, साहित्य, गीतसंगित, आ-आफ्नो रुचि, दक्षता, स्वास्थ्य, मौसम, भ्रमण, पुस्तक, प्रेम, स्नेह आदिइत्यादि हुनुपर्ने हो । तर, समाज वा राज्य निर्माण गर्ने लक्षमा बाटो बिराएर भौँतारिरहेको नेपालका नागरिक हामी नेता र मन्त्रीका बारेमा यति गम्भीरतापूर्वक कुरा गर्न अभिसप्त छौँ -मानौँ यो नै राज्य र समाजको एकमात्र विषय हो ।

यही अभिसप्त माहोलमा म फेरि नेपाली राजनीतिका बारेमा कुरा गर्न लाग्दैछु । आजको लेखमा मलाई मन नपर्ने केही ठुला र केही साना प्रवृत्तिका बारेमा कुरा गर्दैछु । यो सूचि लामो हुनसक्छ र तपाईं आफूलाई मन नपर्ने प्रवृत्ति पनि यसमा जोड्न सक्नुहुन्छ ।