Saturday, August 29, 2020

दर्शनशास्त्रका कुरा -२ः कान्ट, ह्युम र प्रबोधन

 प्रिय पाठक,

आज म यहाँहरूसँग ज्ञानको स्रोत, दर्शनशास्त्रको औचित्य र विज्ञानको सीमितताका विषयमा दुई प्रसिद्ध दर्शनशास्त्रीका विचारहरूको बेलिबिस्तार लगाउनेछु ।

यहाँहरूमध्ये कतिलाई सम्झना होला, यसअघिको मेरो लेख अस्ट्रियन दार्शनिक लुडभिग भिट्गेन्स्टाइन (Ludwig Wittgenstein) का बारेमा थियो । मैले लेखको शुरूमा प्लेटोको दर्शनको छोटो चर्चा गरेको थिएँ । एथेन्सका दार्शनिक सोक्रेटिज, प्लेटो र एरिस्टोटलले आजभन्दा लगभग २४०० वर्षअघि पाश्चात्य बौद्धिक इतिहासको जग बसाएका थिए ।

Saturday, August 15, 2020

दर्शनशास्त्रका कुरा -१: Ludwig Wittgenstein

पाश्चात्य बौद्धिक इतिहास (Western intellectual history)मा मलाई रुचि छ । किन छ थाहा छैन । एमएमा समाजशास्त्र र मानवशास्त्रका थ्यौरीहरू पढ्ने क्रममा चानचुन २० वर्षअघि यो रुचि जन्म्यो जस्तो लाग्छ । म अध्ययनशील मानिस होइन । तैपनि यो रुचिलाई निरन्तरता दिन कहिलेकाहिँ फुर्सद मिल्दा एकदुई किताब पढ्ने र आफूलाई चाख लागेको प्रवृत्तिबारे थप जानकारी राख्ने प्रयास गर्छु ।