अर्थतन्त्रका समस्या जटिल बन्दैगर्दा र डेलिभरीका सबै क्षेत्रमा सरकारको असफलता चुलिंदै जाँदा सबैको मनमा यस्तो प्रश्न उठ्नु स्वभाविक हो -आकाश खुल्दै गएपछि र नजिकै आएका चाडबाड सकिएपछि राजनीतिले कस्तो बाटो लेला !?
Thursday, August 20, 2026
Wednesday, July 8, 2026
कर्णाली ब्लुजको कटासे बजार र नेपाल
बुद्धिसागरको प्रसिद्ध उपन्यास कर्णाली ब्लुजमा कैलाली जिल्लाको एउटा पुरानो बजारको चर्चा छ । त्यो बजारको नाम हो कटासे । एक समयमा निकै नाम चलेको र चहलपहल खुब हुने व्यापारिक केन्द्र कटासे समयक्रममा मानिसहरूको रोजाइ र प्राथमिकतामा पर्न छोडेर उजाड बन्दैगएको सुन्दर वर्णन कर्णाली ब्लुजमा छ ।
Monday, July 6, 2026
कति कमजोर रहेछ पासपोर्ट !?!
नेपालीहरू ठान्छन् संसारले नेपाल र नेपलीलाई इज्जत नै गर्छ । बुद्ध र सगरमाथाको देश हो हाम्रो । तर, राहदानीको अवस्थाले संसारका धेरै देशले नेपालीलाई पत्याएको देखाएन ।
Saturday, June 27, 2026
प्रस्ट भएकै हो त रास्वपाको वैचारिक धार ?!
रास्वपाका नेताहरूले 'महाधिवेशनबाट हाम्रो वैचारिक धार प्रस्ट भयो, अब अगाडि बढ्छौँ' भनिरहेको समाचारहरूमा सुनियो । यस्ता टिप्पणीहरूले के देखाएका छन् भने वैचारिक धार भनेको के हो भन्ने विषयमा नै केही विचार गर्न आवश्यक छ ।
Thursday, June 25, 2026
संघीयताको गन्थन
संघीयता किन चाहियो ? नभएर के हुन्थ्यो ? यसले खर्च बढायो । माथिका टिप्पणीमाथि धेरैपटक धेरै माध्यमबाट आफ्ना विचार राखियो तर मानिसको चित्त बुझाउन सकिएन । आज छोटकरीमा पुरानै कुरा दोहोर्याउँदैछु ।
Tuesday, June 23, 2026
गगन बारेको गनगन ! 🙂
मेरा ट्विटर पोस्ट मन नपराउने मानिसहरूले मलाई गगनको चम्चा, दलाल, आदि भनेर गाली गरिरहेका हुन्छन् । यस्ता जवाफहरू पढ्दा म मनमनै फिस्स हास्ने गर्छु ।
यो स्पष्टीकरण दिन पर्ने विषय त होइन -तर गाली गर्नेहरूलाई सान्त्वना दिँदै के भन्न चाहन्छु भने मेरो गगनसँग व्यक्तिगत वा कुनै प्रकारको घनिभूत सम्बन्ध सम्पर्क, पहुँच छैन । इन-पर्सन भेटघाट पनि एकदुई पटक भएको हो -त्यो पनि वर्षौं अघि । त्यसैले, गगनसँग मिलेर म कसैको सत्ता हल्लाउन षड्यन्त्र गरिरहेको छैन ।
व्यक्तिगत सम्पर्क त टाढाको कुरा भयो सोसल मिडियामा पनि गगन र मबिच दोहोरो संवाद र सम्पर्क छैन ।
गगनले महामन्त्रीका रूपमा विगतका वर्षहरूमा शेरबहादुर र आरजुले कांग्रेसमा भित्र्याएको विकृतिको सशक्त प्रतिरोध गर्न सकेनन् भन्ने लाग्छ मलाई । यो कुरा यसअघिका विभिन्न लेखहरूमा लेखेको छु । यो कमजोरी उनले आफैं स्विकारेका पनि छन् ।
गगन इमानदार वा भ्रष्ट नेता के हुन् भन्ने पनि मलाई थाह छैन । कसैलाई इमानदारिताको प्रमाण-पत्र बाँड्ने हैसियत छैन मेरो । यदि गगन भोलि कुनै भ्रष्टाचारको काण्डमा मुछिए र त्यो कुरा प्रमाणित भयो भने मलाई त्यसबाट कुनै विशेष आश्चार्य हुनेछैन ।
यो पृष्ठभूमिपछि मैले उठाउन खोजेको विषय यो छः
नेपालको राजनीतिमा रुचि राख्नेहरूले गगनबारे बुझ्नुपर्ने कुरा के छ भने उनी वर्षौंदेखि नेपालका प्राय सबै राजनीतिक दलहरू र त्यसमा पनि विशेषरूपमा एमाले र रास्वपाको सुनियोजित र निरन्तर र तीखो आक्रमणको तारो बनेका छन् ।
उनलाई बदनाम गर्न विगतमा एमाले र अहिले रास्वपाले संगठित सोसल मिडिया अभियानलाई प्रश्रय दिएका थिए र दिइरहेका छन् । यसका अतिरिक्त आफूलाई राष्ट्रवादी बताउने र षड्यन्त्रका कथा बुनेर फेसबुक, युट्युव र टिकटकमा पैसा कमाउने काममा संलग्नहरूले पनि गगनका विरुद्ध नानाभाँती कथा बुनेर मानिसहरूलाई भड्काएका छन् ।
अरूको त के कुरा -गगनको प्रतिरक्षा कांग्रेसको नेतृत्वले समेत गर्न चाहेन । कांग्रेसभित्र देउवा, सिटौला वा शेखर समूहले गगनलाई कमजोर बनाउन आन्तरिक रूपमा प्रशस्त समय र स्रोत खर्च गरेका छन् । उनीहरूले पनि गगनमाथिका भ्रष्टाचारका आरोपहरूका बारेमा मुख खोलेनन् ।
बाख्रापालन गर्ने बहानामा सरकारी अनुदानको दुरुपयोग गरेको आरोप गगनमाथि छ । तर, आम चासो र गगन स्वयंको चुनौतिका बाबजुद यस आरोपमाथि अनुसन्धान र छानविन गर्ने प्रयास कसैले गरेन । यसलाई प्रयोग गरेर उनलाई सोसल मिडियामार्फत् स्वतः भ्रष्टाचारी ठहर गर्ने प्रवृत्तिले उनको राजनीतिक करिअरलाई ठुलो क्षति पुर्याएको छ ।
मलाई आशा छ रास्वपाको सरकारले गगनले गरेको भनिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान गर्नेछ र हामी सबैले सत्यतथ्य थाह पाउनेछौँ ।
एउटा पार्टीको नेता र एक महामन्त्रीका विरुद्धमा यति ठुलो अनि संगठित अभियान चल्नु आश्चार्य र दुःखको विषय हो । नेपालमा स्थीर सरकार बनेको छ, रास्वपाको बहुमतले राजनीतिलाई पनि स्थीर बनाएको छ । यो राजनीतिभित्रका प्रवृत्तिहरूबारे सोच्ने र विचार गर्ने अवसर पनि हो । नेपालको राजनीतिमा गगनलाई नियोजित रूपमा बदनाम गर्ने प्रवृत्तिबारे पनि छलफल हुन आवश्यक छ ।
अन्तमा फेरी पनि भन्छु -मलाई राजनीतिमा देखिने प्रवृत्तिहरूमा रुचि छ, व्यक्तिविशेषमा होइन । यो पोस्टलाई गगनको पक्षपोषण नठान्नुहोला ।
यदि तपाईंलाई म गगनको पक्षपोषण गरिरहेको जस्तो लाग्छ भने पनि त्यो भ्रमलाई म सकारात्मक रूपमा नै लिन्छु किनकि सत्ता र शक्तिमा नरहेका मानिसको पक्ष लिनु लोभको सूचक होइन, इमानदारिताको सूचक हो !
कि कसो ?!
किन चाहिएको हो त्यति धेरै पैसा !? सधैँ ठुला पद ?!
समाज (र त्योसँग जोडिएको प्रणाली)ले मानिसलाई 'पैसा कमाउनुपर्छ' भनेर सिकाउने तर किन कमाउने, कति कमाउने र कसरी कमाउने भन्ने कुरामा रिफ्लेक्ट गर्न कहिलै नसिकाउने रहेछ !
Saturday, June 6, 2026
Saturday Musings: हात्ती आयो, हात्ती आयो, फुस्सा ?!
नेपालको अनुभव के छ भने राजनीतिक परिवर्तनपछि जब सत्तामा नयाँ मानिस पुग्छन् तब तिनीहरू र तिनका आसेपासेले कस्तो हल्ला चलाउँछन् भने -फलानो मानिस प्रधानमन्त्री बन्नु, वा चिलानो मानिस गृहमन्त्री बन्नु वा ढिस्कानो मानिस अर्थमन्त्री बन्नु नै उपलब्धि हो । बाँकी तपसीलका कुरा हुन् ।
Saturday, May 30, 2026
सजिलोसँग सास फेर्न देऊ !
शान्तिपूर्ण, धाँधलीरहित निर्वाचनबाट निर्माण भएको सरकारको योग्यतामाथि प्रश्न गर्न नैतिक रूपमा गार्हो हुन्छ । 'सरकार चलाउने मानिस योग्य' छैनन् बारम्बार भन्दा उनीहरूलाई चुनेर त्यहाँ पठाउने बहुसङ्ख्यक जनता मुर्ख भएको र उनीहरूले गल्ती गरेको विश्वास गर्नुपर्ने हुन्छ ।
Friday, May 29, 2026
नक्कल गर्नु राम्राको !
प्रधानमन्त्रीको कालो पोशाक, कालो चस्मा र कालो टोपीको रोजाइ र कम बोल्ने अभ्यास महेन्द्र शाहको नक्कल भन्ने धेरैबाट सुनियो ।
Thursday, May 21, 2026
म कहाँको पोखरेल ?!
तिमी कहाँको पोखरेल ?!
यो प्रश्नले मलाई बेलाबेलामा पछ्याइरहन्छ । अरू पोखरेललाई पनि पछ्याउँदो हो ।
Tuesday, May 19, 2026
किन नदिने सेनाका अवकासप्राप्तलाई निजामती नेतृत्व ?!
सेनाका सेवानिवृत्त अधिकारीलाई सार्वजनिक जिम्मेवारी दिन थालिएका समाचार सोसल मिडिया र सञ्चारमाध्यममा देखिरहेको छु । ती समाचार सत्य हुन् कि होइनन् मलाई थाह छैन । नहुन पनि सक्छन् । तर, समाचार साँच्चिकै सत्य हुन् भने यो एउटा दुखद् सुरुआत हो ।
Wednesday, May 13, 2026
विरोध मात्र गर्छन्, समाधान दिदैनन् !?
सरकारको भक्तिगान नगर्ने र प्रश्नमात्र गर्न रुचाउने मानिसहरूले सधैं झेल्ने गरेको टिप्पणी हो यो । सत्ताका समर्थकहरू भन्ने गर्छन् -यिनीहरूका कुरा के सुन्नु ? यी विरोध गर्ने हुन्, समाधान दिने होइनन् !
Monday, May 4, 2026
विकास, राजनीति, दलतन्त्र
केही वर्षअघि देश बनाउन भौंतारिँदै गर्दा रविन्द्र मिश्रले एउटा गजबको स्लोगन बनाउनुभयो । त्यो थियो -‘विचारभन्दा माथि देश’ । यो स्लोगनको फ्यालसीबारे धेरैले मिश्रलाई बुझाउन खोजे । देश भनेको पनि विचार नै हो, विचारभन्दा माथि केही हुँदैन भन्ने सामान्य कुरा उहाँलाई बुझाउन सकिएन ।
Friday, May 1, 2026
सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य ?!
सुकुम्बासी वा informal settlements मा बस्ने मानिसको अवस्थाबारे 'गैर सुकुम्बासी' समूहको बुझाइ अक्सर पूर्वाग्रही हुन्छ । जमीनमा स्वामीत्व भएका वा आर्थिक रूपले सम्पन्न मानिसहरू सुकुम्बासीलाई सार्वजनिक जग्गा कब्जा गरी बस्ने, बदनियत भएका, अशिक्षित, अल्छे र अयोग्य मानिसका रूपमा हेर्छन् । सुकुम्बासीकै लागि पनि सुकुम्बासी हुनु प्रतिष्ठा वा गौरवको विषय होइन ।
तर, राज्यले सुकुम्बासीलाई कसरी हेर्ने त ?Monday, April 27, 2026
म सरकारविरोधी होइन तर यो तरिका ठिक भएन है
जेनजी आन्दोलन राज्यले उपेक्षा गरेका वर्ग र समूह सबैको सपनाको जगमा उभिएको थियो । राज्यले भूईंमान्छेका दुःख देखेन भनेर विद्यार्थी सडकमा आए र उनीहरूका पछाडि युवा, बृद्ध, बालबालिका सबै आए । रगत बगाए, भविष्यको मिठो सपना बुने ।
Saturday, April 25, 2026
Depoliticization Won't Solve Our Problems
I am not trying to lecture the government -who am I to do that? The people running the government are far more knowledgeable than I am.
I am simply writing about things that, in my view, we ordinary citizens should consider.
Wednesday, April 22, 2026
राहुल रोय सफल कि असफल ?
तपाईंमध्ये कतिले 'आशिकी' नामको हिन्दी फिल्म हेर्नुभयो होला । सन् १९९० मा रिलिज भएको यो फिल्म धेरै लोकप्रिय भयो । यसका 'हिरो' राहुल रोय पनि यही फिल्मका कारण लोकप्रिय भए । भनिन्छ यो फिल्म रिलिज हुनासाथ उनले केही दिनभित्र ४५ भन्दा बढी अरू फिल्मका सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तर पछि राहुल रोयले खेलेका फिल्म धेरै चलेनन् । भारतीय फिल्म उद्योगमा एकाएक चम्केका उनी केही समयपछि हराए ।Tuesday, April 21, 2026
विद्यार्थी संगठन हटाउने कि तौरतरिका फेर्ने ?
राज्यले गर्ने निर्णयको कुरा होस् वा सार्वजनिक नीति बनाउने कुरा -नेपालमा हचुवागिरी (adhocism) स्थायी चरित्रका रूपमा सवैतिर विद्यमान छ । विगतमा एकजना शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँलाई एकदिन लाग्यो नेपालका विद्यालयमा पठनपाठन राम्रो नभएको सरकारी शिक्षकले राजनीतिक दलमा आवद्ध भएर हो । त्यसैले, उहाँले निर्णय गराउनुभयो -शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने ।
Friday, April 10, 2026
इस्लामाबादलाई शुभकामना !
पश्चिमी वायुको प्रभावले केही दिनदेखि परिरहेको झरी थामिएपछि इस्लामाबादको आकाश बिहीबारबाट केही खुलेको छ।
घाम र बादलको लुकामारीबीच उत्तरपट्टिको मार्गला हिलमुनिको सुन्दर इस्लामाबाद सहर थप सुन्दर देखिएको छ।
यति नै बेला इस्लामाबाद एउटा ऐतिहासिक घडीको पर्खाइमा पनि छ। अमेरिका–इरान–इसराइलको युद्ध विरामपछि अमेरिका र इरानबीच आउँदो शनिबारबाट कुराकानी सुरू हुँदैछ।
Thursday, March 26, 2026
My Comments on the Election Victory of RSP and the Formation of New Government
If you are interested in my commentary on the current political context, here it is:
Tuesday, March 10, 2026
शासकका बाटामा काँडा बिछ्याउने कि फूल ?
यस पटक निर्वाचन
परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन।
यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत गरिसकेको छु।
Sunday, March 8, 2026
मध्यरातको यात्रा, मेहदी हसन र मध्यपूर्वको सन्त्रास
आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको
छ । हिंड्दा, गाडी चलाउँदा वा आकासमा
उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् ।
Thursday, February 26, 2026
मध्यरातका शिशुहरू
मेरो ‘पढ्नुपर्ने पुस्तक’को सूचिमा केही त्यस्ता पुस्तक छन् जुन पुछारबाट उकालो चढ्न पाउँदैनन् । सूचिको अग्रभागमा नयाँ पुस्तक थपिन्छन् र पुछारका पुस्तकमाथि मबाट अन्याय भइरहन्छ । लामो समयसम्म अन्यायमा परेका त्यस्ता पुस्तकमध्ये एक हो सलमान रस्दीको ‘Midnight’s Children’ ।
Thursday, February 19, 2026
निर्वाचनपछिको नेपालबारे ७बुँदे टिप्पणी
नेपालको निर्वाचनको माहोलबाट म टाढा छु । धुमधामले प्रचार-प्रसार चलिरहेका बेला को लोकप्रिय छ, कसले जित्ला, कसले हार्ला भन्ने अनुमान गर्न म सक्दिन, न त यसमा मेरो रुचि छ । त्यसैले, यो लेखमा म निर्वाचनको परिणामको आकलनमा केन्द्रित हुनेछैन । यस निर्वाचनले नेपालको राज्य र समाजलाई भोलिको दिनमा कस्तो प्रभाव पार्ला ? यस विषयमा मेरा दृष्टिकोण यहाँहरूलाई सुनाउन चाहन्छु ।
Tuesday, February 10, 2026
रमाइलो मेला
एक साँझ, एक गाऊँ
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’
Sunday, January 25, 2026
बसिबियाँलोः नेपाली जिब्रो झुक्याउने अङ्ग्रेजीका कुरा
म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तर, पछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषा, चाहे त्यो मातृभाषा नै किन नहोस्, शुद्ध तरिकाले बोल्न, लेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।
Monday, January 12, 2026
रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस
पुस २७ पृथ्वी जयन्तीका लागि चिनिन्छ। तर यसपटक, अर्थात् २०८२ को पुस २७ नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको शरीरमा सास हाल्न पार्टीभित्र गरेको विद्रोहका लागि अभिलेखमा रहनेछ।
Subscribe to:
Posts (Atom)