Follow me on Twitter

Tuesday, December 17, 2024

इमरान खान र रवि लामिछाने

म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तर, मलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्, वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ‘छुटेका कुरा’मा केन्द्रित रहनेछ।

प्रसङ्ग हुन्- रवि लामिछाने। तर, कुरा सुरु गरौं कैदी नम्बर ८०४ बाट।

Wednesday, December 4, 2024

काठमाडौँको सम्भ्रान्त वर्गले छरेको उन्नतिको भ्रम

आजको लेखको प्रसङ्ग हो प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण । लेखमा भ्रमणका विषयमा भइरहेका चर्चामा नेपालको उन्नति-प्रगतिसँग जोडिएको एक दुखद् तर रोचक पक्षका बारेमा चर्चा गर्नेछु ।

नेपालको काठमाडौँकेन्द्रित पढेलेखेको, सम्भ्रान्त वर्ग वैचारिक रूपमा यति दिवालिया छ कि यो दृढ रूपमा विश्वस्त छ -नेपालको विकास विदेशीले मात्र गरिदिन सक्छ । विदेशीको पैसा र सीपमा बन्ने सडक, पुल-पुलेसा, अस्पताल, रेल, हवाइअड्डा, सभागृह, भ्यूटावरको मजा लिन पाउने नेपालीको नैसर्गिक अधिकार हो भन्ने मानसिकता विशेष गरि नेपालको कर्मचारीतन्त्र र राजनीतिकर्मीमा व्याप्त छ । यसको प्रभाव केही हदसम्म नेपालको विद्वत वर्गमा पनि छ ।