Monday, August 26, 2013

विधिको शासन कि व्यक्तिको चमत्कार ?

जब समाज वा राष्ट्रलाई सङ्कटले घेरेको हुन्छ र आममानिसमा नैराश्यता व्याप्त हुन्छ त्यसबेला मानिसहरूले चमत्कारिक नेताको प्रतिक्षा गर्छन् । यस्तो नेता जसले मुलुकलाई सबै सङ्कटबाट मुक्त गराउन सकोस्; जोसँग अँध्यारो सुरुङ्गको पल्लो छेउमा रहेको उज्यालो देख्ने साहस र क्षमता दुबै होस्; जोसँग बल होस्, बुद्धि होस् र विवेक पनि होस् ।