भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले नेपालका कमजोरी (भल्नरेबिलिटी)लाई उदाङ्गो बनाइदिएको मात्र छैन, यो भल्नरेबलिटीलाई बढाइदिएको छ । मलाई लाग्छ यसलाई प्रभावकारी रूपमा निरुपण गर्ने क्षमता नेपाली समाजसँग छैन । तर, भल्नरेबिलिटीलाई राम्रोसँग बुझ्न सके जसोतसो देश र समाजको प्राण बचाउन सकिनेछ । अन्यथा, नेपाल भयानक हिंसात्मक द्वन्द्वमा फस्ने खतरा छ ।
आजको लेखाइ मेरा ब्लगका नियमित पाठकका लागि मात्र । लेखको सुरुआतमा जेनजी विद्रोहका बारेमा हाल भइरहेका टिकाटिप्पणीमाथि आफ्नो दृष्टिकोण राख्नेछु । दोस्रो खण्डमा राज्यको क्षयीकरण, सोसल मिडियाको दुरुपयोग र नागरिक-राज्यबिचको सम्बन्धबारे नेपालमा व्याप्त दृष्टिकोणको चर्चा गर्नेछु ।