Thursday, August 22, 2013

संघीयताको सकस

जर्मन उपन्यासकार फ्रान्ज काफ्काको 'द मेटामर्फसिस' भन्ने उपन्यासमा मूल पात्र (ग्रेगर साम्सा) एक रात सुतिरहेकै ठाउँमा अचानक किरोमा रूपान्तरित हुन्छ । उपन्यासमा काफ्काले किरोमा रूपान्तरित भएपछि ग्रेगरले अरूलाई हेर्ने दृष्टिकोण र उसका परिवारका अन्य सदस्यले ग्रेगरसँग गर्ने व्यवहारको रोचक वर्णन गरेका छन् ।