Thursday, December 31, 2015

फोटो ब्लग: हजारौँ मन्दीरको त्यो शहर

यो सालको दसैंताका एउटा सेमिनारका लागि बाली जाने अवसर जुर्यो । मानवशास्त्रको विद्यार्थी र त्यसमा पनि क्लिफोर्ड ग्योर्ट्जको 'फ्यान' । धर्ममा आस्था नराख्ने मेरा लागि संसारकै ठूलो तिर्थ जाने अवसर जुटेजस्तै अनुभव भयो । बाली भ्रमणको कार्यक्रममा ३ दिन आफ्ना लागि छुट्याएको थिएँ जसमा ग्योट्ज र बार्थका बालिनिजहरूसँग केही बात मार्ने र उनिहरूका घरआँगन घुम्ने योजना थियो ।

Thursday, December 10, 2015

नयाँ राजनीति, फरक प्राथमिकता र समाजकेन्द्रित विकास

अति लामो राजनीतिक संक्रमणले राज्यका प्रत्येक निकाय र तहमा उब्जाएको बेथितिबाट आज नेपाल आक्रान्त छ । राज्यको पुनर्संरचनामार्फत् गरीब तथा विपन्नको हितमा सामाजिक-आर्थिक क्षेत्रको आमूल परिवर्तन गर्ने लक्षबाट निर्देशित विभिन्न राजनीतिक आन्दोलनले अन्तत: आफूलाई थप गरीब र कमजोर बनाएको दुखद् अनुभव लिएर नेपालीहरू बाँचिरहेका छन् । लगभग दुई दशकदेखि  सामाजिक न्याय, सुरक्षा र विकासका एजेण्डा म्याद गुज्रेका राजनीतिक थ्यौरी र अधिकारको लडाइँका नाममा हुने अपराधी शैलीको मानव परिचालनको ओझेलमा परेका छन् ।

Thursday, November 19, 2015

मधेश एक प्रश्न र समाधानको बाटो

बुधवार राती कान्तिपुर टेलिभिजनलाई अन्तर्वार्ता दिँदै तमलोपा अध्यक्ष तथा मधेशी मोर्चाका नेता महन्थ ठाकुरले घरि आक्रोसित र घरि हँसिलो मुद्रामा मधेशसँग जोडिएका केही संवेदनशील विषयहरू प्रस्तुत गरे । दिलभुषण पाठकसँगको उक्त अन्तर्वार्ताका क्रममा ठाकुरले नेपालको राजनीतिक इतिहासमा पहेली बनेर रहेको मधेशको एउटा सरल चित्र प्रस्तुत गरेका छन् । आजको मधेशको भावना बुझ्न उक्त अन्तर्वार्तामा ठाकुरले व्यक्त गरेका विचार निकै नै उपयोगी हुनसक्छन् -यसका लागि पूर्वाग्रहरहीत मन चाहिएलायो अर्कै कुरा हो ।

Tuesday, November 10, 2015

नाकाबन्दी र सरकारको प्रभावकारिताको प्रश्न

सरकार जनताको अभिभावक हो । सामान्य परिस्थितिमा आम मानिसले सरकारबाट अवसर, सेवा र सुरक्षाको अपेक्षा गरेका हुन्छन् । देश संकटपूर्ण अवस्थामा हुँदा सरकारको भूमिका झनै महत्त्वपूर्ण हुन्छ । यस्तो बेला सम्पूर्ण जनसंख्याले आफ्नो जीवन सुरक्षाका लागि सरकारबाट उचित र प्रभावकारी कदमको अपेक्षा गरेको हुन्छ ।

Sunday, November 8, 2015

संकट समाधानको सही मार्ग

सामान्य नागरिक भएर सोच्दा भारतले लगाइदिएको अमानवीय नाकाबन्दी नेपालका लागि अवसर (blessing in disguise) हो । नाकाबन्दी भाजपाको अतिवादी, असहिष्णु र अपरिपक्व राजनीतिको परिणतिका रूपमा आयो । यसले आफूलाई र छिमेकीलाई बुझ्ने, आफ्नो हैसियत मनन् गर्ने र लामो समयदेखि थाती रहेका राष्ट्रिय स्वार्थका काम अघि बढाउने अवसर नेपाललाई दिएको छ ।

Friday, October 16, 2015

आत्मविवेचना: ट्विट कथा

मानिसहरू समाजमा आफ्नो स्थान (point) का आधारमा विचार (view) बनाउने गर्छन् । अरूको point प्रति धेरै चासो राख्दैनन् । मूलधारे मिडिया र सोसल मिडियामा व्यक्त दृष्टिकोण वा प्रतिक्रियामा point of view भन्दा पनि view of a point बढि देखिन्छ । अर्थात्, हाम्रो समाजमा आत्मविवेचना (self-reflection?) को अभाव छ ।

Sunday, October 11, 2015

विश्लेषण: नेपाल-भारत सम्बन्ध

यो नाकाबन्दी

भारतबाट पेट्रोलियम पदार्थ बोकेका ट्रक नेपाल आउन छाडेको समाचार बाक्लिएपछि एक जना विदेशी मित्रले मसँग सोधे, “भारतले सीमा नाकाहरू किन बन्द गरिदिएको ?”

म उनलाई नेपालको समग्र राजनीतिक अवस्थानयाँ संविधानमा केही दलको असन्तुष्टि र त्यसमा भारतको चासोको बेलिबिस्तार लगाउन थालें । तरयी कुराहरूको वर्णन गर्दै जाँदा मलाई नाकाबन्दीबारे प्रष्ट पार्न सफल नभइरहेको महसूस हुँदैगयो । नेपालभारत सम्बन्धको उतारचढाव र दिल्लीको पछिल्लो चासोबारे मेरो व्याख्याको अन्त्यमा मित्रले फेरि सोधे, “यी सब समस्याको समाधान नाकाबन्दीबाट हुन्छ त ?”

Saturday, October 3, 2015

फोटो ब्लग: धानका खेत र अस्ताउँदो घाम

सप्ताहन्तमा अलि लामो हिड्ने मौका मिल्छ । कहिले कपनको गुम्बा हुँदै ज्वागलसम्म पुग्छु त कहिले भङ्गाल । आज यस्तै हिँडाइमा निस्केको थिएँ । घर फर्कँदा हाते फोनले झण्डै १० किलोमिटर हिँडेको देखायो ।

आफू जन्मेको परिवेशमा हिँड्नुको मजा अलग हुन्छ । मानिसका अनुहारदेखि उनिहरूको दिनचर्या सबै नजिकका लाग्छन् । बाटोमा भेटिने भुस्याहा कुकुरसँग पनि एकप्रकारको नजानिदो परिचय भएजस्तो लाग्छ । माटोको सुवासको त कुरै छोडौँ !

Saturday, September 26, 2015

बन्द नाका, मधेश र अबको बाटो

नेपाल भारत सम्बन्धमा देखिने सामान्य उतारचढावका सन्दर्भमा अर्ध ठट्टाका रूपमा चर्चा गरिने नाकाबन्दी आज यथार्थ भएको छ । समुन्द्रसँगको पहुँचको लाभको अवस्थालाई उपयोग गर्दै संविधानलाई समावेशी बनाउनुपर्ने बहानामा भारतले नेपालसँगका नाका बन्द गरिदिएपछि यसबाट भूकम्पले थिलथिलो पारेको नेपाल अर्को कष्टको भूमरीमा धकेलिएको छ ।

Thursday, September 17, 2015

नुवाकोट-रसुवा फोटोब्लग

यो साता नुवाकोटदेखि रसुवासम्म पुग्नुथियो । समय चोरेर यसो यताउति चाहार्ने मौका मिल्यो । फोटो खिच्ने ढङ्ग नभए पनि केही खिचेँ । भूकम्पले थप जीर्ण बनाएको नुवाकोटको सुन्दर दरवार र पासाङ्ग लाम्हु मार्गमा भेटिएका केही सुन्दर मानिसका फोटा खिचेँर केही सुन्दर जङ्गली फूल पनि । एडिट गर्ने ढङ्ग नभएकाले जस्ताको तस्तै राखेको छु । 

नुवाकोट दरबार प्रस्टै छ । मान्छेहरू नामले चिनाउँन आवश्यक ठानिनँ । फूलको नाम थाहा छैन । बाँकी तस्वीर आफैँ बोल्छन् ।

Monday, September 14, 2015

नयाँ संविधानलाई अग्रिम स्वागत !

नयाँ संविधानको पूर्वसन्ध्या सुखद छैन ।  मधेश लगायत आदिवासी जनजाति समूहहरू विभिन्न मागसहित आन्दोलित छन् । यस्तो विषम परिस्थितिमा जारी हुनलागेको संविधानले मुलुकको भविष्यलाई कता डोहोर्याउला ? भन्ने चिन्ता सबैमा छ । यद्दपि, नयाँ संविधानप्रति म आशावादी छु र यसको स्वागत गर्न चाहान्छु । यो आलेख अहिले यही रूपमा भए पनि नयाँ संविधान जारी हुन किन आवश्यक र जायज छ ? भन्ने विषयमा केन्द्रीत छ ।

Tuesday, September 8, 2015

नयाँ शक्ति र अनुत्तरित केही प्रश्न

नयाँ संविधानका लागि तोकिएको समयसीमा नजिक आउँदै गर्दा नयाँ शक्तिको बहस पनि घनिभूत हुँदैजाने लक्षण देखिएको छ । कान्तिपुर दैनिकमा आज प्रकाशित लेखमा रवीन्द्र मिश्रले नयाँ संविधान बनेपछि नयाँ शक्ति स्थापना हुने 'हिन्टमात्र दिएका छैनन् यसको सुनिश्चितताका आधारका रूपमा'४ खम्बाको व्याख्या पनि गरेका छन् (रवीन्द्र मिश्रको लेख

Tuesday, August 25, 2015

Lessons from Kailali

Federalizing a unitary country is a tricky business everywhere. In Nepal, the task was fraught with more intense challenges because our demographic and geographical realities are not only different but are also far more complex than the countries which have undergone such experience in the recent decades –comparison with the established federations is only a waste of time.

Sunday, August 16, 2015

ह्यापी यानिभर्सरी !

साँझ

सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास भूइँमा राख्दै भन्यो । यो त स्वर्ग नै हो । होटेल नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन । मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको आवाज सुकुटेमा जस्तो रमाइलो यता कुनै ठाउँमा सुनिदैन रे ।

Sunday, August 9, 2015

मध्यरातको संघीय ढाँचा

गएराति वा भनौँ अघि बिहान चार ठूला मानिएका राजनीतिक दलले संघीय संरचना र अन्य केही विषयमा सहमति गरेर संविधान बनाउने क्रममा गाँठो परेका केही मुद्दाहरूको छिनोफानो गरे । धेरै नै जटिल बन्दै गएको संक्रमणकाल र दलहरूबीच बढिरहेको विश्वासको सङ्कटका बीच यो सहमतिले नयाँ संविधान बन्ने सम्भावनालाई अब प्रबल बनाएको छ । कुनै नाटकीय कायापलट वा ठूलै द्वन्द्वको अवस्था सिर्जना नभएमा संघीय लोकतान्त्रीक गणतन्त्रको एकथान नयाँ संविधानसहित नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गर्नेछ ।

Friday, July 31, 2015

करोडौँ कस्तूरी: छुँदै छोएन


अघिल्लो साता ३ पुस्तकका बारेमा ब्लग लेखेँ । साहित्यको विद्यार्थी वा विज्ञविश्लेषक नभए पनि आफ्नो सतहीगोलमटोल बुझाइलाई आधार बनाएर किताबका कुरा गर्दा मजा आयो । देश यतिबेला संविधानसरकार र भूकम्पको घनचक्करमा अल्झिएको छ । छोटै समयलाई भए पनि मलाई यी सबै पट्यारलाग्दा विषयबाट छुटकारा मिल्यो ।

Sunday, July 26, 2015

उलार, अक्षरगञ्ज, वृषभ वध

दुईसाता अघि केही नेपाली किताब किनेँ । धेरैले नाम लिएका तर आफूले पढ्न नपाएका केही र बजारमा भरखरै 'रिलिज' भएका केही गरि जम्मा ५ ओटाजति किताब किनियो । पढ्ने क्रम जारी छ ।

Saturday, July 25, 2015

प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा

संविधान जारी हुने समय नजिकिँदै जाँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (प्रधानमन्त्री वा राष्ट्रपती)को पक्षमा लबिङ्ग तीव्र हुँदैगएको छ । यसको पक्षमा प्रमुखरूपमा एमाओवादी पक्षधर नेता लागि परेका छन् अर्कोतिर स्थीरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ठान्ने जमात पनि निकै ठूलो देखिएको छ ।

यो आलेखमा मैले यसअघि पनि ब्लगमार्फत् उठाउँदै आएको विचार प्रस्तुत गर्नेछु । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीसँग जोडिएका केही बुझाइकको समिक्षा गर्नेछु ।

Wednesday, July 22, 2015

धर्म निरपेक्षता र राष्ट्रपतीय प्रणालीका बारेमा

संविधानको मस्यौदामा हाल भइरहेको सुझाव संकलनका सन्दर्भमा २ प्रसङ्गहरू चर्चामा छन् - १) कार्यकारी अधिकारसहितको राष्ट्रपती र २) धर्मनिरपेक्षता ।

यी दुबै विषयमा मेरा धारणा अल्पमतमा छन् भन्ने मलाई थाहा छ । तैपनि संविधानका विषयमा भइरहेको वहसमा सहभागिता जनाउने रहरले आफ्ना पूराना बुझाइलाई दोहोर्याउन यो ब्लग लेख्दैछु । पाठकको असहमतिको पूर्ण सम्मान गर्ने नै छु ।

Wednesday, June 24, 2015

Conference on Reconstruction: my observations

It is a great pleasure to be a part of the discussion on the International Conference on Nepal's Reconstruction -together with Mr. Kuver Chalise, Mr. Sujeev Shakya and Mr. Shiromani Dhungana. I highly appreciate Nishant Khanal's initiative to organize such debate in social media, and keenly look forward to participating in the discussion this evening.

Tuesday, June 9, 2015

सहमति -अपूरो तर स्वागतयोग्य

हिजो मध्यरातमा देशका चार प्रमुख राजनीतिक दलहरूले एउटा सम्झौता-पत्रमा हस्ताक्षर गरेर नयाँ संविधान 'छिटो' जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यदि यो प्रतिवद्धतालाई विश्वास गर्ने हो भने असार सम्ममा नयाँ संविधान बन्नेछ, र त्यसपश्चात राजनीतिक दलहरूले निर्वाचनमार्फत् सरकार प्रमुख, संसद्‌का अध्यक्ष र राष्ट्रपती चयन गर्नेछन् । सहमतिको पुछारमा स्थानीय निर्वाचन गर्ने कुरा पनि उल्लेख भएकाले आगामी वर्षमा स्थानीय सरकारहरू बन्नसक्ने अनुमान गर्नसकिन्छ ।

Friday, June 5, 2015

भूकम्प, सरकार, दाता, कुहिएको चामल

लेख्न मन नभएको कुरामा लेख्न बसियो । यसमा लेख्न मन थिएन । तर, नलेखि रहन सकिएन । लामो समयदेखिको किचकिचका विषयमा मन नलागिनलागि पनि आज केही लेख्न मन लाग्यो ।

प्रसङ्ग  भूकम्पको ।  सरकारको । दाताको । कुहिएको चामलको ।

Monday, May 25, 2015

Love after the Earthquake

Google Talk

He: Guess what! Planning a trip to Syafru
She: You are kidding me.
He: No, I’m serious.
She: Hmmm duty trip?
He: No. My personal. Want to see people, after the quake.
She: How long?
He: May be a week.
She: Flying?
He: Nope, by car.
She: Hmmm
He: Want to join? ;-)
She: Bhayo, timi nai jau. I have no time for nonsense. And you know I can’t travel with a stranger ;-)
He: J

Tuesday, May 5, 2015

भूकम्प, पुनर्निर्माण र राजनीति

सानातिना विपत्तीमात्र सहेका नेपालीलाई महाभूकम्पको तहसनहस निकै भारी भयो । ०९० सालको भूकम्प यो पुस्ताको स्मृतिमा थिएन । ठूलो भूकम्पले कुनै दिन बेस्मारी हल्लाउला भन्ने थियो । घर पर्खाल हल्लेलान् र ढल्लान् पनि भन्ने डर थियो । तर, भूकम्पले मन पनि हल्लाउला भन्ने थिएन । लाखौँ मानिसका रहरहरू ढल्लान् भन्ने थिएन ।

Tuesday, April 21, 2015

जाजरकोट, परोपकार र दीर्घकालिन समाधान

समस्याको चुरो

नेपालको राज्यसत्ता सदैव केन्द्रीकृत रह्यो । काठमाडौँबाट चल्ने शासनको खटनपटनले देशका कुनाकाप्चाका आवश्यकता र प्राथमकिताको पर्वाह कहिलै गरेन । २०४६ को राजनीतिक परिवर्तनपछि स्थानीय स्वायत्त शासनको सीमित अभ्यास भएको हो । यो अभ्यासले स्थानीय तहमा आम मानिसका आवश्यकता सम्बोधन गर्ने लक्षमा छोटो समयमा पनि निकै रहरलाग्दो उपलब्धि पनि हासिल गरेको थियो । तर, स्थानीय सरकार विगत १३ वर्षदेखि रित्ता बनेका छन् । नेपालको राज्यसत्ताको केन्द्रीकरण द्रूत गतिमा अहिलेसम्म चलिरहेको छ ।

सुदूर-पश्चिम यात्रा दैनिकी

धनगढीको काम सकेर अत्तरियाबाट उँभोलाग्दा साँझको ५ बजिसकेको थियो । त्यस रात बुडरमा बास बस्ने निधो भयो । बाटामा कुनै ठूलो अवरोध नभए डेढ घण्टामा बुडर पुगिहालिन्छ । पिपलचौतारी होटलमा बास बसेर भोलिपल्ट बिहानै डडेलधुराको जोगबुढा जाने र बिहानको खानापछि स्याउले बजार उक्लिने सल्लाह गर्‌यौँ ।

Tuesday, April 14, 2015

विकास: कसले, कसका लागि, कसरी !?

देश बनाउने संकल्पसहित आजभन्दा झन्डै २० वर्षअघि ४० बुँदे माग सरकारलाई बुझाएर सशस्त्र विद्रोहमा होमिएका बाबुराम भट्टराईको गोरखा जिल्लाको आफ्नो निर्वाचन क्षेत्र ‘बनाउने’ अभियान नयाँ वर्षका अवसरमा सार्वजनिक भएको छ । समाचारहरूका अनुसार (हेर्नुहोस् यससम्बन्धि समाचार) उनले गोरखाको घैरुङ गाउँलाई नमुना गाउँ बनाउने संकल्प गरेका छन् भने गोरखाको क्षेत्र नं. १ को समुन्नत विकासका लागि ९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यी नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि विज्ञहरूको एउटा समूह पनि गठन भएको छ ।

Sunday, January 25, 2015

संघीयताः भ्रम चिरफारको प्रयास

हिंसात्मक द्वन्द्वलाई व्यवस्थापन गर्दै नयाँ राजनीतिक प्रणालीबाट अघि बढ्ने नेपालको योजनालाई संघीय प्रणालीको अप्ठेरो बहसले धरापमा पारिदिएको छ । संघियताको विषय नयाँ संविधान लेख्ने प्रक्रियामा आज डरलाग्दो विवादको बिऊ बनेको छ । यो विवादको उचित छिनोफानोबिना दोस्रो जनआन्दोलनपछि सबै राजनीतिक दलले स्वीकारेको र आम मानिसले पनि ‘कुरा मिल्छ भने होस् न त !’ भनेर मानिदिएको संघीयताको नेपालको यात्रा थप चेपुवामा पर्दैजाने सम्भावना देखिँदैछ ।

Sunday, January 18, 2015

खोपी बैठक कि संविधानसभा ?!

शब्दका अर्थ शास्वत हुँदैनन् । समय, सन्दर्भले शब्दलाई निश्चित अर्थ बोकाउँछन् । यी अर्थहरूले कहिलेकाहिँ सहज यथार्थलाई ओझेल पारिदिन्छन् । तसर्थ, शब्दसँग सत्य लुकाउने शक्ति पनि हुन्छ । यस्तो शक्ति भाषाको प्रयोग गर्ने मानिसहरूले नै निर्माण गर्छन् र आफ्नो स्वार्थ्य अनुसार उपयोग गर्छन् ।