Bluesky

@sanpokh.bsky.social

Friday, February 14, 2025

आशावादी हुने ठाउँ छ त ?!

नेपालको समग्र अवस्था र आम निराशाका बारेमा अमीत ढकालको विस्तृत अनि रोचक लेख सेतोपाटीमा प्रकाशित भएको छ । अमीत ढकाल एक उम्दा अर्थशास्त्री र विश्लेषक भएको यो लेखले पनि  पुष्टि गर्छ जस्तो मलाई लाग्छ । लेखमा उहाँले प्रस्तुत गर्नुभएका दृष्टिकोणमा मेरो पनि मत मिल्छ ।

‘गणतन्त्र आएपछि सबै कुरा खराब भइरहेको छ, नारायणहिटीमा राजा हुँदा सब ठिकठाक थियो’ भन्ने राजावादीहरूको dumb boring तर्कलाई लेखले राम्रोसँग चिरफार गरेको छ ।

Sunday, February 9, 2025

आफ्नो देश, अर्काको देश

“आफ्नो देशमा आउन भिसा (भिजा?) चाहिने नियम त्रुटीपूर्ण छ ।” यो भनाइ हो गैरआवासीय संघका अध्यक्ष बद्री केसीको । गैरआवासीय नेपालीलाई १० वर्षका लागि निशुल्क भिजा दिने कानुनका सन्दर्भमा उनीसँगको अन्तर्वार्ता सेतोपाटीमा प्रकाशित छ

यही प्रसङ्गमा मेरा केही टिप्पणी आज राख्दैछु ।

बद्री केसीको परिभाषामा एउटा देश ‘आफ्नो’ वा ‘अर्काको’ कसरी हुन्छ मैले राम्रोसँग बुझेको छैन -किनकि म सिधा कुरा सिधा ढङ्गले मात्र बुझ्न सक्छु । मैले बुझेको सिधा कुरा के हो भने व्यक्ति र देशको सम्बन्ध जोड्ने आधार नागरिकता हो । राहदानी, सामाजिक सुरक्षा नम्बर, राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रमाणपत्र आदिले एउटा मानिस कुन देशको नागरिक हो भनेर प्रस्ट पार्छन् ।

Monday, February 3, 2025

अमेरिकाको रमितामा मेरा छोटा टिप्पणी

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकामा विगत केही दिनदेखि जे भइरहेको छ त्यो रोचक र त्रासदीपूर्ण दुवै छ । आज यो लेखमा अमेरिकामा नाटकीय रूपमा देखिएका घटनाक्रमलाई म कसरी बुझ्न प्रयास गरिरहेको छु त्यसलाई छ बुँदामा प्रस्तुत गर्दैछु ।

Saturday, January 18, 2025

नो नन्सेन्स, जस्ट सम कमन सेन्स

आज राजनीतिका कुरा नगरी केही टिपनटापन सामाजिक-सांस्कृतिक कुरा गर्न लाग्दैछु । टिपनटापन यस अर्थमा कि आजका विषय केही छरिएका छन् । ती अन्तर्सम्बन्धित पनि हुन सक्छन् तर म त्यता पट्टी लाग्ने छैन। एउटा कुरा भने निश्चित छ -आजका मेरा टिप्पणी कतिपय पाठकका लागि पाच्य नहुन सक्छ । 

Tuesday, December 17, 2024

इमरान खान र रवि लामिछाने

म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तरमलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ‘छुटेका कुरा’मा केन्द्रित रहनेछ।

प्रसङ्ग हुन्- रवि लामिछाने। तरकुरा सुरु गरौं कैदी नम्बर ८०४ बाट।

Wednesday, December 4, 2024

काठमाडौँको सम्भ्रान्त वर्गले छरेको उन्नतिको भ्रम

आजको लेखको प्रसङ्ग हो प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण । लेखमा भ्रमणका विषयमा भइरहेका चर्चामा नेपालको उन्नति-प्रगतिसँग जोडिएको एक दुखद् तर रोचक पक्षका बारेमा चर्च गर्नेछु ।

नेपालको काठमाडौँकेन्द्रित पढेलेखेको, सम्भ्रान्त वर्ग वैचारिक रूपमा यति दिवालिया छ कि यो दृढ रूपमा विश्वस्त छ -नेपालको विकास विदेशीले मात्र गरिदिन सक्छ । विदेशीको पैसा र सीपमा बन्ने सडक, पुल-पुलेसा, अस्पताल, रेल, हवाइअड्डा, सभागृह, भ्यूटावरको मजा लिन पाउने नेपालीको नैसर्गिक अधिकार हो भन्ने मानसिकता विशेष गरि नेपालको कर्मचारीतन्त्र र राजनीतिकर्मीमा व्याप्त छ । यसको प्रभाव केही हदसम्म नेपालको विद्वत वर्गमा पनि छ ।

Friday, November 8, 2024

ट्रम्पले जित्दा हामी किन फुर्किने ?


  

म आजभोलि बेलायती प्राध्यापक ब्रायन कक्सका इन्टरनेटमा पाइने छोटा भिडियोहरू हेर्छु। भौतिकशास्त्र र खगोलशास्त्रको भुत्लोभाङ ज्ञान नभएको मलाई ब्रायनले सजिलो पारामा हाम्रो ब्रह्माण्ड कति विशाल छ र यसबारे हाम्रो ज्ञान कति सीमित छ भन्ने कुरा बुझाउँछन्। उनका भिडियो हेरेर केही कुरा सिक्छु र धेरै कुरामा छक्क पर्छु।