Follow me on Twitter

Tuesday, May 17, 2016

फास्ट ट्रयाक जस्ता ठूला योजना किन र कसका लागि?

फास्ट ट्रयाक कसले बनाउने भन्ने विवाद चुलिएको बेला केही दिनअघि राष्ट्रिय गौरवको भनिएको यो योजना नेपालको प्राथमिकता हुनुपर्छ कि पर्दैन भन्ने विषयमा नै छलफल चाहिन्छ भनेर मैले ट्वीट गरेँ। उक्त ट्वीटमा अपेक्षित रूपमै तिखा प्रतिक्रिया आए। कतिले गालीगलौजमै उत्रेर मलाई अवसरवादी र विकासविरोधीको 'लेबल' पनि लगाइदिए। अन्य केही भलादमीले मधेश र पहाडलाई भावनात्मक रूपमा जोड्न पनि द्रूतमार्ग चाहिन्छ भन्ने तर्क राखे।