Friday, September 27, 2013

निर्वाचन: आशा र अनिश्चितता

'एक युगमा एकदिन आउने' भनेर प्रचार गरिएको संविधानसभाको निर्वाचन ५ वर्ष नबित्दै नेपालमा दोस्रोपटक आउन लागेको छ । यदि सरकार र ६ राजनीतिक दलहरूले ठोकुवा गरेझैँ मंसिर ४ मा निर्वाचन भइहाल्यो भने नेपालीहरूले बहुप्रतिक्षित संविधानसभाका लागि दोस्रोपटक भोट खसाउने अवसर पाउनेछन् ।

Sunday, September 15, 2013

मनोरञ्जन राष्ट्रियता

"यो मन त मेरो नेपाली हो ।"

धेरै नेपालीले गाएको वा थाहा पाएको गीतको हरफ हो यो -1974 AD नामको संगीतसमूहले गाएको । तर जब म यो हरफ र यसमा अन्तर्निहित भावनालाई गहिरिएर बुझ्न खोज्छु यसका अर्थहरू असहज प्रश्न बनेर मेरासामु उभिन्छन् ।

Monday, September 9, 2013

बुद्धको जन्मस्थल, राजस्वको छापा र भड्किलो तीज

यस हप्ता र गत हप्ता सामाजिक सञ्जालमा बुद्धको जन्मस्थलको विवाद, शम्भु थापाको कार्यालयमा मारिएको छापा र तीजको तडकभडकका विषयमा निकै बहस भए । यी विषयहरूमा केही विस्तृतरूपमा केही विचार राख्न मन लाग्यो । त्यसैले यो ब्लग लेख्दैछु ।