Saturday, July 13, 2019

अविकासका कुरा, देश फर्किनेका कुरा

नेपाल किन बन्न सकेन भन्ने ‘टपिक’ अब पुरानो भइसकेको छ । सम्भवतः यसमा मेरा थप ‘गनगन’ सुन्ने जाँगर तपाईं पाठकलाई नहोला । त्यसमाथिमलाई व्यक्तिगतरूपमा नेपाल बन्न नसकेकोमा चिन्ता अनि नेपाल बनाउन पाए हुन्थ्यो भन्ने हुटहुटी दुबै छैन -कमसेकम आजभोलि ।

विकास-अविकास तथा समृद्धि-गरीबी अर्थ-राजनीति र इतिहाससँग जोडिएका प्रश्न हुन् । यिनको विवेचनाका लागि समाज र इतिहासको गहीरो अध्ययन चाहिन्छ । मेरो अध्ययन नेपालको अविकासका कारण र तिनको निदानका उपाय पत्ता लगाउन पर्याप्त छैन ।

यद्दपिविकासका संकथन र तिनमा देखिने विरोधाभाष केलाउने मेरो चाखको विषय हो । यो लेख यही रहरको पटके निरन्तरता हो ।

नेपालमा दुई थरीका चिन्तन भएका मानिसहरू भेट्न सकिन्छ । एक थरी मानिस छन् नेपाल ‘बन्न नसकेको’मा चिन्तित । केही आक्रोशित । तर, लाचार । उनीहरू देश बन्न नसेकेकोमा कर्मचारी, नेता, जनता आदिलाई पालैपालो गाली गर्छन् । नेपालले विगतका सबै मौका गुमाएको भनेर दिग्दार छन् । नेपाल अब कहिलै बन्न नसक्ने निश्कर्ष लिएर बसेका छन् ।

अर्काथरि  नेपाल ‘बनाउने’ काम आफ्नो पनि व्यक्तिगत जिम्मेवारी ठानेर त्यसमा लागिपरेका उत्साही छन्। केही गर्न आतुर । उनीहरू आफूलाई देश बनाउने योद्धा भन्ठान्छन् । यी मध्ये कति त आफ्नो रुचि, प्राथमिकता र करिअरलाई थाती राखेर देश बनाउन लागीपरेका पनि छन् ।

आजको लेखमा देश बनाउन कटिबद्ध यिनै  दोस्रो थरीका उत्साही योद्धाका बारेमा चर्चा गर्नेछु ।

सुरु गरौं एउटा अनुभवबाट -विकसित भनिएका देशका मानिसहरूसँग कुरा गर्दा मलाई महसुस हुने कुरा के भने उनीहरू (विशेषगरी पढेलेखेका र चेतनशील मानिसहरू) आफूलाई देशसँग जोड्ने कुरामा खास चासो राख्दैनन् । आफ्नो पेशादक्षतारुचि-अरुचिव्यक्तिगत प्राथमकिताभविष्यको योजना आदि बारेमा गहिरो चिन्तन नगर्ने होइनन् । आफ्नो देशको र विश्वका घटनाक्रमका बारेमा चासो पनि व्यक्त गर्छन् । तरआफू नागरिक भएको देश राम्रो वा नराम्रो हुनुमा व्यक्तिगत रूपमा आफ्नो दोष वा दायित्व देख्दैनन् । उनीहरू व्यक्ति र राष्ट्रबिचको भिन्नता र सम्बन्धलाई व्यवहारिक रूपमा बुझ्न सक्षम छन् ।

अर्थात्, आफू देशमा नभएर देश बिग्र्यो वा देश बनाउन आफैँ फर्किनुपर्छ भन्ने बकबासमा उनीहरू विश्वास गर्दैनन् । कमसे कम मैले अहिलेसम्म यस्तो भावना विकसित देशका नागरिकमा पाएको छैन ।

अविकसित देशका मानिसको मनोवृत्ति भने अलि फरक छ ।

अविकसित देशका मानिसहरूको समझमा देश र व्यक्तिका बीचको सम्बन्धबारेको बुझाइमा समस्या छ । मानिसहरू आफूलाई देशको एकाई ठान्छन् । आफ्नो इज्जतसँग देशको इज्जत गाँसिएको विश्वास गर्छन् ।

यसको एउटा उदाहरण हेरौँ । तपाईंले नेपालीहरू विदेशमा कस्तो व्यवहार गर्छन् ध्यान दिएर हेर्नुभएको छ ? जब नेपालीहरू विदेशमा रहन्छन् त्यसबेला आफूलाई देशको दूत भएको जस्तो गरी कुरा गर्छन् । सकिनसकी आफ्नो देशको बढाइचढाईं गर्छन् । नराम्रो कुराको ढाकछोप गर्छन् । अरू देशका मानिसले आफूलाई होच्याएजस्तो लाग्यो भने तुरुन्त त्यसको प्रतिवाद गर्छन् -र उस्तै परे आफ्नो देशको पक्षमा झगडा गर्न पनि तम्सिहाल्छन् ।

नेपालबाहिर हुने सभा-सेमिनारमा कहिलेकाहिँ भारत, पाकिस्तान, बङ्लादेशका मानिसहरू आफ्नो देशको बचाउ गर्ने क्रममा होस गुमाएको प्रशस्त देखेको छु । नेपालीको पनि प्रवृत्ति यही हो । ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर काठमाडौँका ट्याक्सिका ढाडमा टाँसिएका स्टिकर सम्भवतः यो मानिसकताको अर्को उदाहरण हुन् ।

देश मेरो हो र यसको रक्षा मैले गर्नुपर्छ भन्ने मनोभाव अविकसित देशको साझा विशेषता हो । यो विशेषतासँग जोडिएको न्यारेटिभ बहुआयामिक र जटिल छन् । यसको बृहत् विश्लेषण यो लेखमा सम्भव छैन । यसका केही उदाहरणहरूको छोटकरीमा चर्चा गर्न चाहान्छु ।

यसका लागि विदेश बस्ने नेपालीहरूका समाचार बनाउँदा नेपाली सञ्चार माध्यमले कस्ता शब्दावली प्रयोग गर्छन् त्यसलाई हेरौँ ।
  • “नेपाली चेलीले जितिन् मिस टिन क्यालिफोर्नीयामा फस्ट-रनर-अपको उपाधी”
  • नेपाली मुलका फलाना अस्ट्रेलियाको ढिस्काना टाउनको मेयरका उमेदवार”
नेपालका अखबारमा पटकपटकप्राय हप्तैपिच्छेछापिने समाचारका शीर्षकका उदाहरण हुन् यी । यी शीर्षकले के भनिरहेका छन् भने नेपालीहरू संसारका विभिन्न भागमा गएर नेपालको इज्जत राख्नमा लागि परेका छन् । उनीहरूले आफू बसेको ठाउँमा गरेको उपलब्धी नेपालको उपलब्धी हो । यसमा समग्र नेपालीले गौरवान्वित हुनुपर्छ ।

सन्दर्भ महिलाको छ भने उनलाई ‘चेली’ भनिन्छ, अर्थात् आफ्नै दिदीबहिनीजस्तो । नजिकको नातेदार ।

यो त भयो मिडियाले नेपालबाहिरका नेपालीलाई प्रस्तुत गर्ने शैली । नेपालबाहिरका नेपालीको नेपाललाई बुझ्ने शैली पनि कम रोचक भने छैन !

नेपालबाहिर बसोबास गरिरहेका नेपालीहरू -प्राय विकसित मुलुकमा रहेका हुनेखाने वा जागीरे - आफ्नो विदेश बसाइलाई देशको आवश्यकतासँग जोड्न लालायित हुन्छन् । उनीहरूको अन्तिम लक्ष नेपाल फर्किने र यसको विकास गर्ने नै हो । यसका लागि चाहिने सीपस्रोत र उपर्युक्त वातावरण मिल्नासाथ उनीहरू नेपाल फर्किहाल्नेछन् । त्यसपछि नेपालको विकासमा कटिबद्ध भएर लाग्नेछन् ।

सबैका कुरा पत्याउने र आँकडा अनुमान गर्ने हो भने संसारभर छरिएका लाखौँलाख नेपालीहरू भनेका आफ्नो देशको विकास गर्न स्वदेश फर्किने प्रतिक्षामा अस्थायीरूपमा विदेशमा बसोबास गरिरहेका मानिस हुन् ।

यसमा आजभोलि अर्को रोचक प्रवृत्ति थपिएको छ । केही मानिसहरू नेपालको विकास गर्न साँच्चै नै विदेशबाट फर्केर आउन थालेका छन् । आजभोलि यसबारेको विज्ञप्ति नै मिडियामा पढ्न पाइन्छ । मिडियाको विज्ञप्तिमा कति ठूलो पदकति धेरै सुखसुविधाकति राम्रो पेशागत भविष्य छोडेर फलानो-चिलानो नेपाल फर्किनुभयो (वा म फर्केर आएँ) भनेर विस्तृतरूपमा खुलाइएको हुन्छ ।

अमेरिका अहिले गहीरो समस्यामा छ । गोरो राष्ट्रवादले समाजको एकता भाँडेको छ । बेलायत ब्रेक्जिटका कारण अस्थिर र अन्यौलग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । नो डिल ब्रेक्जिटपछि के हुने हो भनेर बेलायतका मानिसहरू गहीरो चिन्तामा छन् । अन्य देश (जस्तै जर्मनी)मा पनि समस्या नभएका होइनन् -एङ्गेला मेर्केलको कार्यकालपछि नेतृत्त्वको बागडोर सम्हाल्न सक्ने सक्षम नेता नभएकोमा राष्ट्रिय निराशा छ । इटालीमा अति दक्षिणपन्थीहरूले समाजलाई विभाजित बनाएका छन् । फ्रान्समा श्रमिक अधिकारका नाममा भइरहेको पहेंलो सर्टवालाहरूको आन्दोलनले शान्तिसुरक्षा र जनताका दैनिकीलाई अहिले पनि प्रभाव पारिरहेका छन् ।

यसो भए तापनि अमेरिकाबेलायतजर्मनीइटालीफ्रान्सका नागरिक आफू हाल बसिरहेको देश छोडेर आफ्नो देशको समस्या समाधान गर्न भनेर नै घर फर्के अरे भनेको सुनिन्न !

त्यसैलेविदेशमा बस्ने नेपालीहरू जागीरसुखसयल र पेशागत भविष्य नै त्यागेर देशका समस्या समाधान गर्न फर्किने प्रवृत्ति देख्दा मेरो मनमा एउटा प्रश्न पैदा हुन्छ -देश कस्तो अवस्थामा हुँदाकस्तो खालको समस्या आइपर्दावा समस्या कति जटिल हुँदा विदेशमा बस्ने मानिसले बाध्य भएर आफ्नो देश फर्किनुपर्ने हो ?!

नेपाल बस्ने वा नबस्नेनेपाल फर्केर आउने वा बाहिरै बसिरहने भन्ने कुरा नितान्त व्यक्तिगत निर्णयका कुरा हुन् । यस आलेखको उद्देश्य नेपाल फर्केर आउनेहरूको निर्णयमा प्रश्न गर्ने बिल्कुल होइन । यसो गर्नु वास्तवमा मानिसको व्यक्तिगत रोजाइ र निर्णयमाथिको भद्दा टिप्पणीमात्र हो ।

यस आलेखमा उठाउन खोजिएको विषय नेपालका बारेमा चिन्ता गरेर नेपाल फर्केर आएको भन्ने कुरालाई प्रस्तुत गर्ने शैली र यसैसँग जोडिएको मानसिकताको हो  

नेपाल अहिले जुन अवस्थामा छ त्यसको कारण केही कुशल र इमानदार व्यवस्थापकघघडान बुद्धिजीवीदक्ष प्राविधिकसफल उद्योगपतिको अभाव होइन । नेपालको विद्यमान अधोगति जटिल र बहुआयामिक छ ।

राजनीतिक अधिकारका लागि भएको हिंसात्मक संघर्ष समृद्धिको हचुवा गफमा पुगेर बिसर्जन भएको छ । लोकतान्त्रिक पद्दतिबाट निर्वाचित शक्तिहरू लोकतन्त्रका मूल मान्यता र संस्था ध्वस्त पार्ने षड्यन्त्रमा लिप्त भएका छन् । राज्यबाट बैधअबैधरूपमा लाभ उठाइरहेकाहरूको गठजोड पारदर्शिता र जवाफदेहिताको अन्त्य गर्ने महाअभियानमा लिप्त छ ।

अर्को शब्दमा भन्दा संसारका कतिपय अन्य मुलुकहरूमा झैँ नेपालमा पनि अहिले राज्य र नागरिकको सम्बन्धमा गहीरो सङ्कट सिर्जना भएको छ । सामाजिक न्यायअभिव्यक्ति स्वतन्त्रताजनताको राजनीतिक अधिकारनागरिकलाई राज्यले दिनुपर्ने सेवा र सुरक्षा धरापमा परेका छन् । सार्वजनिक सेवा प्रवाहको अवस्था थप कमजोर भएको छ । संघीयताको कार्यान्वयन ठप्प छ ।

यस्तो परिस्थितिमा -देशमा बसेको होस् वा बाहिरबाट आएको होस -एउटा व्यक्तिका बारेमा अरूले राख्ने चासो भनेको उसले यी विषयहरू कति गहिराइमा बुझेको छ र यसलाई चिर्न उसँग के-कस्ता उपाय वा विचार छन् भन्ने हो । उसले कस्तो जागीर खान्थ्यो वा अहिले नेपालमा कुन समितिको सदस्य छ भन्ने होइन ।

कुरा सरल छ तर अप्रिय पनि लाग्न सक्छ -विदेशको सुखसयल छोडेर नेपालको विकास गर्न स्वदेश फर्केको भन्ने हल्लाखल्लामा एउटा त विकास वा सामाजिक रूपान्तरणबारेको हचुवा बुझाइ छँदैछआफूलाई बढाइचढाईं गरेर कामले भन्दा नामले मानसम्मान खोज्ने प्रवृत्ति पनि उत्तिकै ‘जबरदस्त’ छ ।

विकासबारेको हचुवा बुझाइलाई एकपटक फेरी ओल्टाइपल्टाइ हेरौँ ।

नेपालको विकास नभएको राजनीतिक अस्थिरता भएरकर्मचारी सक्षम र इमानदार नभएरभारतको हस्तक्षेप बढी भएरउत्तर र दक्षिणका उदाउँदा शक्तिशाली मुलुकको प्रगतिबाट फाइदा लिने रणनीति नभएर भन्ने खालका ‘नेपाल किन बन्न सकेन’ भन्ने टपिकमा हल्ला गर्नेहरूको पाङ्दुरे बुद्धिविलास समयको बरबादी मात्र हो ।

माथि भनिए झैं नेपालको विकास नभएको कारण देशको र विश्वको अर्थराजनीतिसँग जोडिएको छ । यसको क्विक फिक्स समाधान छैन । हामीले कुरा गर्ने भनेको न्यायपूर्णदिगो र वातावरणमैत्री समाधान हो । नेपालका पूराना राजनीतिक दल कुनैमा सामाजिक रूपान्तरण बारे गहिरो दृष्टिकोण छैन ।

वैकल्पिक भनेर खोलिएका पार्टीको हविगत पूरानाको भन्दा टिठलाग्दो छ । उनीहरूको विचारमा त झन् केही इमानदार र जान्ने मान्छेहरूले ठोकठाकजोडजाड गरेपछि देश बनिहाल्छ भन्ने बुझाइ छ । वैकल्पिक भनिएका पार्टीहरूले कुनै सामाजिक संस्था वा सानोतिनो उद्यम/व्यवसाय चलाउन सक्छन् भन्नेमा पनि मलाई शंका छ । देश त परको कुरा !

नेपालको राज्यसंरचना अहिले देशको ढुकुटीमा सोझो पहुँच हुने सीमित वर्गको स्वार्थको चङ्गुलमा फसेको छ । अजङ्गको आकार भएको सेना,  उच्च तहका कर्मचारीकेही नेतासीमित व्यापारीठेकेदार र यिनीहरूबीच कुरा मिलाएर नाफा खाने दलालहरूले राज्यसत्तामा कब्जामा जमाएका छन् ।

यो 'नेक्ससब्रेक गर्ने ‘इन्सेन्टिभ’ ठूला दलमा हुने कुरै भएन । वैकल्पिक भन्ने दलहरूसँग त यो नेक्ससलाई बुझ्ने बौद्धिक चेत पनि छैन । उनीहरूको बुझाइमा नेपालको गरीबी सप्लाइ चेन व्यवस्थापन गर्न नसकेको चिया उद्योग वा दक्ष परिचालकको अभावमा कमजोर भएको एनजिओस्तै हो ।

हिन्दी र उर्दुमा एउटा शब्द छ 'जुगाड। जुगाडको अर्थ हो जटील समस्याको सस्तो र हल्काफुल्का समाधान । वैकल्पिक पार्टीका नेताहरू अविकासको 'जुगाडखोज्न चाहन्छन् । जस्तैचीनबाट चुच्चे रेल काठमाडौँ ल्याउने वा थापाथली पुलमा फ्लाइओभर बनाउने !

सोचविचार गर्न धेरै समय नचाहिएपछि वैकल्पक दलका नेताहरूलाई बिहानदेखि बेलुकासम्म हस्याङ् र फस्याङ्ग गर्दै एकपछि अर्को टेलिभिजन स्टुडियोभित्र छिरेर लाइभ अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ जसमा उनीहरूका तर्क उही छन् –“नेता इमानदार नभएर देश बिग्र्यो । हामी इमानदार छौँ । बाठा पनि छौँ । गरेर देखाउँछौँ ।” बाँकी रहेको समय ट्विटर र फेसबुकलाई छँदैछ ।

अन्तिममा कुरा गरौँ देश बनाउन फर्केर आएको हल्लासँग जोडिएको मानसिकताको ।

फर्केर आफ्नो देश आउने नेपाली लाखौँको सङ्ख्यामा छन् । तिनीहरू आ-आफ्नो पेशा-व्यवसाय गरेर बसेका छन् । कतिले आफ्नो विशिष्ट क्षमता र उद्यमशीलता पनि देखाएका छन् । आफ्नो प्रयत्नमा सफल हुनेहरू प्रशस्त छन् । नेपाल फर्केर आउने दक्षप्रतिभाशाली मानिसहरूको कमी छैन ।

त्यसैले, “म यस्तो उस्तो मान्छे नेपाल फर्केर आएँ अब देश बनाउने काममा लाग्छु” भनेर उद्‍घोष गर्नु भनेको आफ्नो अहंको प्रदर्शन र अरूलाई होच्याउने काम पनि हो । “म नेपाल फर्केर देश बनाउन आएँ त्यसैले अरूले मप्रति अनुगृहीत हुनुपर्छ” भन्ने कामना हो । जुन मेरो विचारमा सामन्ती मानसिकताको परिचायक हो ।

कुनै नेपाली कुनै उद्देश्यले नेपाल फर्केर आउँदा बाँकीले किन अनुगृहीत हुने ?

माथि एउटा अनुच्छेदमा अन्य देशका नागरिकले आफ्नो बारेमा कसरी सोच्छन् भन्ने कुराको चर्चा गरेको थिएँ । त्यसमा यो प्रसङ्गमा थप्नुपर्ने कुरा के छ भने नेपाल जस्ता देशमा देखिने अगाध देशप्रेम विकसित भनिएका देशका नागरिकसँग हुँदैन ।

मेरा केही मित्र र सहकर्मीहरू आफ्नो रुचि र अनुकुलताअनुसार आफ्नो देश छोडेर कोही थाइल्याण्डकोही इन्डोनेसियाकोही ब्राजिलकोही अफ्रिकाका विभिन्न मुलुक र कोही नेपालमा आएर स्थायीरूपमा बसेका छन् । उनीहरू आफ्नो जीवनको अन्त्यसम्म यसरी नै ‘अरू’ देशमा रहन चाहन्छन् । उनीहरूका लागि नागरिकताको अर्थ औपचारिकमात्र हो र व्यक्तिगत रुचि प्राथमिक हो ।

नेपालजस्ता अविकसित देशहरूमा भने यो प्रवृत्ति ठीक उल्टो छ । “बस्न त त्यो देशमा राम्रो थियो तर आफ्नो देशको मायाले फर्केर आएँ” भन्ने धेरैको मुखबाट सुनिन्छ ।

देश जति गरीब र निकम्मा भयो त्यति नै बढी देशभक्ति उर्लेर आउने रहस्य विद्वानहरूले पक्कै खोतलेका छन् । मेरा लागि भने यो रोचक उत्सुकताको कुरा हो ।

अब बिट मारौँ है !

लेखको उद्देश्य कसैलाई होच्याउने वा घृणा गर्ने होइन । मेरो लेख कसैको आलोचना (criticism) होइननिश्चित प्रवृत्तिको लेखाजोखा (critique) हो । व्यक्तिगत रूपमा मेरो सबैलाई सम्मान छ । यद्दपिराजनीति र सामाजिक रूपान्तरणको अभियानमा लाग्नेहरूले आफ्ना भनाइगराइमा रहेको विरोधाभास राम्रोसँग मनन गर्नुपर्छ । कुनै व्यक्तिलाई समाज र देशले मूल्यांकन गर्ने भनेको कहाँबाटकसरीके छोडेर फर्क्यो भनेर होइन । यी झिनामासिना कुरा हुन् । मूल्यांकनका आधार मानिसका व्यक्तित्व र काम हुन् । यसका लागि बसाइ सर्नु पर्दैन । फर्केर आफ्नै देशमा आउने हो भने पनि राम्रो काम गरेर प्रभाव छोड्ने कुरामा ध्यान दिनुहोस् । मानिसहरूले असल कामको मूल्यांकन अवश्य गर्नेछन् ।

1 comment:

  1. सान्दर्भिक लागेर पूर्वाञ्चल दैनिक मा साभार गर्ने तयारी गरियो । अनुमति पाउँ है सर
    purwanchaldaily.com

    ReplyDelete