Thursday, May 21, 2026

म कहाँको पोखरेल ?!

तिमी कहाँको पोखरेल ?!

यो प्रश्नले मलाई बेलाबेलामा पछ्याइरहन्छ अरू पोखरेललाई पनि पछ्याउँदो हो

कहिले 'खोटाङ्को' भनेर जवाफ दिन्छु कहिले खार्पाको कहिले इनरुवाको अहिलेसम्म खोटाङ्ग पुगेको छैन खोटाङ् नै नपुगेको मानिस खार्पा पनि पुग्ने कुरा भएन तर, मेरा बाले मलाईहामी खार्पाका पोखरेल हौँभनेर सिकाउनुभएको बाले सिकाएको कुरा भट्याइरहेको छु

बाले त्यही कुरा अहिले भन्नुभएको भएखार्पाका पोखरेल अरूतिरका पोखरेलमा के फरक , बा?’ भनेर सोध्थेँ होला 'पोखरेल हुनु वा खरेल हुनुमा के फरक बा ?' भनेर पनि सोध्थेँ होला तर, १५ वर्षअघि बाले छोडेर जानुभयो मेरा प्रश्न मैसँग छन् तिनका केही जवाफ मैले आफैँ बनाएको छु

बाको जागीर ठुलो थिएन घर पनि ठुलो थिएन निकै ठुलो हुँदासम्म बाको हाम्रो आफ्नो घर थिएन लामो समयसम्म बाले सङ्घर्षले भरिएको जीवन बाँच्नुभयो केहीले साथ सहयोग दिए, धेरैले अपमान कष्ट नै दिए होलान् यी सबै खेपेर बाआमाले जेनतेन हामीलाई हुर्काउनुभयो

जीवनको असजिलो यात्रामा बासँग गर्व महसूश गर्ने गतीलो आधार यही एउटा थियो कि हामी खार्पाका पोखरेल हौँ

बा जानुभयो ठुलो हुँदै गएँ अहिले बुढो हुने क्रममा छु जति जति उमेरमा छिपिँदै गएँ खार्पा पोखरेल शब्दसँग मेरो बिरक्ति बढ्दै गयो जुन कुराले मेरा बालाई आत्मसम्मान दिए ती कुरासँग टाढिँदै जान थालेँ

केही वर्षअघि सानो जमघटमा एकजना मान्यजनले उही प्रश्न सोध्नुभयो -बाबु कताको पोखरेल ? मैले जवाफ दिएँ –‘ घरको घाटको पोखरेल !’

विष्णु सापकोटा मलाई बेलाबेला सम्झाउने गर्छन् –‘तिमी बिभरको मान्छे छौबिभरस्याङ्जातिरको लवज हो शायद पूर्वतिरभर नभाको मान्छेभनेको सुनेको छु बेलाबेलामा फ्याट्ट नियमित भन्दा फरक कुरा गरिदिन्छु मानिसले नसोचेको, अनुमान नगरेको कुरा गर्ने मेरो बानी हो यस्तै बानीले पहिले बेलाबेलामा विष्णुलाई अप्ठेरोमा पारिदिएको छु मदेखि बेस्सरी रिसाएका मानिसलाई उनले फकाएका छन्

गत साता कान्तिपुरको विचार कोलुममा उनै विष्णुकोडिपार्चरसँग तर्सेको परम्परावादी वृत्तभन्ने लेख छापियो छापिनु के थियो उनीमाथि आलोचना गालीको असिना-पानी खनिइ हाल्यो लेखमा भएका उनका तर्कसँग पनि सहमत थिइनँ ‍-तर रमाइलो के लाग्यो भने एउटा लेखले पनि मानिसलाई यति धेरै उद्वेलित बनाउन सक्दोरहेछ

भोलिपल्ट व्हाट्सएपमा विष्णुलाई यस्तो सन्देश पठाएँ –‘बिभरको तिमी कि ?’ उनले गाला च्यातेर हाँसेका तीनवटा डल्लाले जवाफ फर्काए

धेरै वर्षअघि मैले उट्पट्याङ् कुरा गर्दा मानिसलाई थामथुम पार्ने विष्णुले आफैँ 'उट्पट्याङ्' कुरा गरे एकमनले सोचेँ - पनि सोसल मिडियामा गएर मानिसहरूलाई 'थामथुम' पारौँ कि ?! यसो गर्दा उनले लगाएको गुन तिर्न सजिलो हुन्थ्यो यो 'आइडिया' ठिक लागेन किनकि विष्णुका तर्कमा सहमत थिइनँ यो कुरा उनलाई भनेको थिएँ त्यसैगरी, विष्णुलाई मेरो 'थामथुम'को आवश्यकता पनि थिएन  

हिजो जिममा कुदिसकेर सुस्ताइरहँदा उनको फोन आएको थियो सबै गाली आलोचना पढ्दै उनी हाँसेर बसिरहेका रहेछन् आधा घण्टा गफ गर्दा पन्ध्र मिनट हामीले हाँसेरै बितायौँ

विष्णुको लेख देशको राजनीतिका बारेमा थियो चाहन्छु मानिसले मलाई फरक प्रसङ्गमा गाली गरुन्

पोखरेलमा थिएँ पोखरेल भएकामा कुनै गर्व नभएको कुरा गर्दैथिएँ

मेरा बालाई समाजले विपन्न बनायो दिनरातको परीश्रमबाट परिवार पाल्न धौधौ बनायो मानसिक रूपमा कमजोर, हतास बनायो शारीरिक रूपमा थकित बनायो अनि सबै कुराले विपन्न बनाएर सास फेर्ने एउटा झिनो आधार दियो -जात, त्यो जातसँग जोडिकोखार्पाको जरो त्यसैमा झुण्डिएर मेरा बाले जोखिमपूर्ण जीवन बिताउनुभयो बासँग नामका पछाडि पोखरेल हुन्थेन मानिलिउँ कुनै दलीतको जात बुझाउनेथरहुन्थ्यो भने हामी थप चेपुवामा पर्ने थियौँ हाम्रो स्थिति थप खराब हुनेथियो

पोखरेल भन्ने पहिचानसँग मेरा बाका भयङ्कर कष्टपूर्ण जीवनगाथा अन्यायपूर्ण तवरले वितरित थोरै सुविधा (प्रिभिलेज) दुवै जोडिएका छन् जातीवादी, असमान, अन्यायपूर्ण विभेदकारी संरचनाले वितरण गरेका सुविधा वास्तवमा मेरा बालाई विपन्न बनाउने कारक पनि थिए त्यो कुरा बालाई थाह थिएन -हुने कुरा पनि भएन

बा खार्पाली पोखरेल उपाध्धे बाहुन भएकोमा गर्व गर्नुहुन्थ्यो जनैपुर्णिमा आउनुभन्दा एकमहिना अघिदेखि जनै बाट्न थाल्नुहुन्थ्यो पुर्णिमाका दिन मन्दीरमा लगेर जनै पूजा (जप) गराउनुहुन्थ्यो, जनै फेरेको दिन सेतो लुङ्गी सेतै जनै लगाएर आँगनमा भएको काठको बेन्चमा बस्दा भदौको गर्मीमा उहाँको अनुहार धपक्क बलेजस्तो देखिन्थ्यो जनै फेरेर आफ्नो जातलाई थप एक वर्ष 'रिन्यु' गरेको खुशी उहाँको अनुहारमा झल्किन्थ्यो

बा मेरो पुस्ता फेरियो हाम्रो समय फेरियो फेरिएँ आज थर त्यसमा जोडिएको जातीय पहिचानसँग चाहे पनि गर्व गर्न सक्दिन त्यसमाथि जातमा गर्व गर्नुपर्ने कुरा नै के हो भन्ने उमेर छिपिएपछि मैले बुझ्न सकिनँ

पोखरेलमैले आर्जन गरेकोटाइटलहोइन पोखरेल हुनाले जैविक रूपमा उन्नत, बेहोरामा अब्बल, हेर्दा सुन्दर हुन सक्दिन

पन्ध्र वर्षअघि प्रमीला जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन जाँदा त्यहाँका कर्मचारीले कागजपत्र हेरेरतपाईंको नाममा पतिको थर पोखरेल थप्नुपर्ने हुन्छभनेछन् केही बेरसम्म उनले मानिनछन् तर, कर्मचारीले अनेक प्रसङ्ग उदाहरण निकालेर अड्डी कसेपछि हार मानेरलौ भनेर हिँडिछन् राहदानीमा मात्र त्यस्तो होलाभन्ने सोचेर उनले त्यस दिन कम महत्त्व दिएकोपोखरेलले आज पुच्छरजस्तो बनेर उनलाई जताततै पच्छ्याइरहेको आफ्नो उसै पनि लामो नाम, थर पछाडि कार्यालयको इमेलदेखि हवाइजहाजको टिकट किन्दासम्म हरेक ठाउँमा थप पोखरेल लेख्दै हिड्नुपर्दाको लेठोका प्रसङ्ग उनले बेलाबेलामा मलाई दिग्दारीका साथ सुनाउने गर्छिन्  

उँधोमुन्टो लगाएर उनका कुरा सुन्छु उनको नामपछाडि पोखरेलको पुच्छर थपिनमा अप्रत्यक्ष कारण मै हो

यही मेसोमा हामी जातप्रतिको नेपालको अब्सेसनका कुरा गरेर हास्न थाल्छौँ यता फर्क्यो जात - उता फर्क्यो जात के थरी ? माइती के थरी ? ससुराली के थरी ? कुन गोत्र ? पहाड कता ? छोराको बर्तमन्न गर्‍यौ ? हजार प्रश्न हजार चासो कुरा जातकै

हास्नु महत्त्वपूर्ण कुरा हो संसार तनावहरूले भरिएको तनावहरू अस्थीर छन अस्पष्ट छन् हामी अस्थीर, अस्पष्ट तनावलाई उत्तिकै अस्थीर दिमागको प्रयोग गरेर अर्थ लगाउन खोजिरहेका हुन्छौँ ती अर्थ कहिले ठाउँमा पर्छन्, कहिले कुठाउँमा जसरी विष्णु सापकोटाको लेखका अर्थहरू कुठाउँमा परेर अहिले मानिसहरूलाई तनाव दिएको

जातप्रतिको मेरो वितृष्णा यसअघि पनि ट्विटर वा ब्लगतिर धेरैपटक गरेको छु यसो गर्दा मानिसहरू रिसाएका छन् आफ्नो जातप्रति गर्व नगर्ने तँ मानिस होस् कि पशु ?’ यस्ता प्रतिक्रिया मलाई आइरहन्छन् कतिले कुटपिट गर्ने धम्की पनि दिन्छन्

तर, आजभोलि पहिलेका तुलनामा शान्त छु पाखुरा सुर्केर भिड्न जान्न गाली गर्ने गरिरहन्छन्  

मलाई आफू मानिस भएकोमा गर्व आफूले बोल्ने-लेख्ने भाषाप्रति सम्मान आफू जन्मेको स्थानप्रति मोह आफूले सानैदेखि सुनेका, गाएका गीतप्रति लगाव तर, जात देश मेरो गर्वका स्रोत होइनन् -जीवनयापनका व्यवहारिक औपचारिक आधार मात्र हुन् तिनले मेरा बारेमा केही बताउँदैनन् धर्म मान्दै नमान्ने भएकाले त्यसमा कुरै गर्न परेन

एउटा किताब 'कास्ट्स अफ माइन्ड' भन्ने त्यसमा निकलस डर्क्स भन्ने मानवशास्त्रीले जातलाई कसरी बेलायती उपनिवेषले व्यवस्थाका रूपमा स्थापित गर्‍यो भन्ने रोचक वर्णन गरेका छन् पुस्तक पढ्दा बुझिन्छ भारतमा हिन्दू जातहरू थिए -तर जातप्रथा थिएन उपनिवेषका प्रशासकहरूले जनगणना गराएर जातलाई अनिवार्य कठोर बनाइदिए पछि गान्धी-नेहरूले जातलाई भारतको यथार्थका रूपमा स्वीकार गरे  

एउटा पुस्तकले नै मानिसले विचार बनाउनुपर्छ भन्ने छैन तर, नामका पछि झुण्डिएको हाम्रो जातको प्रसङ्ग कति सतही रहेछ भन्ने बुझ्न डर्क्सको किताबले गजबले सघाउँछ

कहिलेकाहीँ गीत सुनेर रोएको छु कहिलेकाहीँ उपन्यास पढेर हाँसेको छु खुशी हुँदा वा मन खिन्न हुँदा आफू जन्मेहुर्केको इनरुवा बजार गएर केही दिन बिताउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउँछ

तर, देश जात सम्झेर भावुक भइनँ कहिलै हुन पनि नपरोस्

मलाई लाग्छ देश जात (अनि धर्म) सम्झेर जो भावुक भएका छन् (वा भावुक भएको अभिनय गरेका छन्) संसारका प्राय सबै समस्या तिनैले ल्याएका हुन्

कि कसो ?

No comments:

Post a Comment