Sunday, August 16, 2015

ह्यापी यानिभर्सरी !

साँझ

“सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास भूइँमा राख्दै भन्यो । “यो त स्वर्ग नै हो । होटेल नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन । मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको आवाज सुकुटेमा जस्तो रमाइलो यता कुनै ठाउँमा सुनिदैन रे ।”