Thursday, January 30, 2014

सहिद दिवसमा भ्रमको चिरफार

भ्रम १. देश हुनको लागि सहिद चाहिन्छ ।

'देश' वा आधुनिक राज्य निर्माणका क्रममा भएका संघर्षमा मानिसहरूले चाहेर नचाहेर ज्यान गुमाएका हुन् । तर, सहादत देश बन्ने प्रकृयाको 'आधार' हैन । सबै देश मानिसको रगतको जगमा उभिएका छैनन् । सहिदका बारेमा राज्यले नागरिकलाई गलत पाठ पढाएका छन् ।


भ्रम २. सहादत गौरवशाली कुरा हो ।

बहुसङ्ख्यक मानिसको हितका लागि व्यक्तिविशेषले जीवन गुमाउनु गौरवको विषय हैन । यसमा खुशी हुनुपर्ने कुनै कारण छैन । सहिद र सहादत आधुनिक राज्यले वैधानिकताका लागि प्रयोग गर्ने अलङ्कार मात्र हुन् । सहिद दिवसमा टुँडिखेलमा पड्किने तोप यसको उदाहरण हो ।

भ्रम ३. आजको उपलब्धि सहिदको त्यागको परिणाम हो ।

उपलब्धिको व्याख्या राज्य र यसका प्रतिनिधिले गर्ने हुन् । आजको परिस्थितिलाई 'उपलब्धि' मान्ने कि नमान्ने भन्ने आफैंमा बहसको विषय हुनसक्छ । आजको नेपालमा सहिदहरूको बलिदानबाट प्राप्त भनेर गर्व गर्न लायक कुनै त्यस्तो सुन्दर परिस्थिति छैन ।

भ्रम ४. बन्दैन देश २-४ सपुत मरेर नगए ।

देश बन्न नागरिकको मृत्यु हैन, सार्थक जीवनको आवश्यकता छ । कविको सन्देश गलत र असान्दर्भिक छ । नागरिकले देश वा समाजका लागि प्राण आहुति दिने सोच/भावना गलत र हानिकारक छ । कुनै नागरिकले जानीजानी "राष्ट्रका लागि ज्यान बलिदान दिन्छु" भन्छ भने कि उसमा चेतना र शिक्षाको कमी छ कि त ऊ अरू कसैबाट गलत रूपमा प्रयोग भइरहेको छ ।

भ्रम ५. सहिदको सपना साकार बनाऔं !

वाहियात ! सहिदका सपना व्याख्याका विषय हुन् । सबै सहिदले एकै सपना देखेनन् होला । उनीहरूका सपना के थिए भनेर कसले, कसरि व्याख्या गर्ने ?! मरेर गएका सहिदको हैन, दुखकष्टले गरिबी र अभाव सहेर बाँचिरहेका नागरिकका सपना बढी महत्त्वपूर्ण छन् ।


पूनश्चः विगतका शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका वा घाइते निहत्था नागरिक वा तिनका परिवारलाई राज्यले सहयोग गर्नुपर्छ भन्ने लेखकको मान्यता छ ।



2 comments:

  1. not every nation has won its freedom or kept its sovereignty without losing some of its brave men; actually history teaches me that life lost is land or freedom in neo times ,kept.

    n So if men weren't done with their war raging ambitions , which was the case until even a few decades ago ; every citizen who lived free owed their freedom n pride to those lost brave souls. And kept the zeal to celebrate their death with passion.

    so देश हुनको लागि सहिद चाहिन्छ is true
    but may sound irrelevant in our times where the "global village" concept has lessened the values of national boundaries or the national interests

    ReplyDelete
  2. साहिला दाइJanuary 30, 2014 at 7:57 PM

    निश्चय पनि यो ब्लग सकारात्क र रचनात्मक सोचले तयार गरीएको हुनु पर्छ । ब्लगरले एभरेज बुद्दी भएका एभरेज नेपाली (भन्नाले सर्वसाधरण नेपाली ) लाई यो सहिदको भुलभुलैयामा नलाग भनेको हुनुपर्छ तर "बहुसङ्ख्यक मानिसको हितका लागि व्यक्तिविशेषले जीवन गुमाउनु गौरवको विषय हैन ।" भनिदाँ ब्यक्तीले हिनताबोध आत्मसाथ गर्नु (सक्नु) पर्छ वा (सक्षमले) आफ्नो लागी मात्र जिउनु पर्छ भन्न खोजे जस्तो देखीयो । देखीएको कुरा हैन होला । त्यसो भन्न नि खोजीएको हैन होला । तर ब्लगरले यती धेरै राम्रा कुरा गरी रहदाँ के भन्न मन लाग्यो भने "सहिद" आवश्यकताको बिषय त हैन होला तर आफुले टेकेको धर्ती र आफ्नो सामाजिक बिगतलाई आत्मसाथ गर्ने वा त्यसको अस्तीत्व स्वीकार्ने हो भने "सम्मान" को विषय चाही पक्कै हो ।

    ReplyDelete