tag:blogger.com,1999:blog-4660187468634458916.post3023142231860228500..comments2023-06-16T13:47:48.991+05:45Comments on सञ्जीवको ब्लग: नयाँ संविधानका नाममा कति दशक गुमाउने ?Sanjeevhttp://www.blogger.com/profile/13032397520798047000noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-4660187468634458916.post-61483146700819161362014-10-09T17:57:38.702+05:452014-10-09T17:57:38.702+05:45येस्ताखाले तर्क पढे-लेखेका अति शिक्षित महिलाहरुबाट...येस्ताखाले तर्क पढे-लेखेका अति शिक्षित महिलाहरुबाटनै धेरै आएको सुन्न, पढ्न, र हेर्न पाईएको छ/ केहि समय अगाडी तिजको रौनकसंगै अतिमहिलावादीहरुले पनि उही परम्परा -पतिको पाउ पखाल्दै, कठोर एक दिने ब्रत मार्फत पतिको आयु लम्ब्याउने धार्मिक अनुष्ठान पुरा गरे! दशैं आयो- लोग्नेको, शाशुको, जेठीसाशु, नन्दहरुको खुट्टा ढोग्ने कर्म धार्मिक परम्पराकै निरन्तरता भै रह्यो/ अब माघ आउदै छ- स्वस्थानीको पुजा सुरु हुनै लाग्यो- पत्नी पीडक श्रीमानदेखि, नारीवादको वकालत गर्ने(लोहनीजीले कुनै बेला बयान गर्नु भएका इमेजवाला पुरुसहरु), समाजसेवक क्रान्तिकारी पुरुसहरु, नेता, पत्रकार लगायत सबैले आफ्नी पत्नीलाइ ब्रतको मार्ग खुला गर्ने छन्- र पतिको महत्वोमाथि एक महिना थोरै आहार वा नीलाहार ब्रत बसाई १०८ रोटि/प्रसाद ग्रहण गरि फेरी खुट्टाको पानी सुरुप्प पार्न लगाउने र खुट्टा ढोगाउने मौका छोड्ने छैनन्/ <br />संजिव पोखरेलजीले ताइ न तुइको तर्क भनेको जस्तै " विभेद खेपेकाहरूले विभेदलाई सही ठानेका छन् भनेर 'विभेद ठीकै हो''- भनेर तर्क गर्नेहरुको जमात भने ठुलै छ/ आश्चर्य त के छ भने नेपाली समाजको महिला विद्वतवर्ग र चरममहिलावादीवर्ग "विभेदको विचारधारा सिकाउने विभेदकारी आस्था र परम्परा"बाट मुक्त हुन नसकेको देखिन्छ/ कत्रो विरोधाभास छ हाम्रो नेपाली समाजमा भने - सार्बजनिक स्थानमा पुरुस नारीवादको वकालत गर्छ अनि घर पुगेर आफ्नी पत्नीबाट उही परम्परागत सेवाको अपेक्षा गर्छ! फेरी चरमनारीवादी महिला सार्बजनिक स्थानमा पुरुसवादी पितृसत्ताको खोइरो खान्छिन अनि घर पुगेर श्रीमानको पाउ पुजीसकेर मात्रै आहार ग्रहण गर्छिन! <br />विभेदको परम्परा त्याग्ने सहास नआए सम्म "विभेदको कालकोठारीमा परम्पराको मौलो" ठाडो भै रहने छ, अनि समाजका अगुवा भनौदा महिला र पुरुसहरु मौलोको वरी-परि विभेदको बिरोधको गीत गाइ रहने छन्- नाची रहने छन्/ अगुवाहरुको पछि बाकी जमात तिनीहरुको सिको गर्दै जीवन गुजार्छन- समाजमा विभेदरही रहन्छ तर देखिदैन!!Amura Prasikonoreply@blogger.com