Saturday, August 16, 2025

झुलिसज*

"लेखेर राख्नुस् -४० कटेपिछि तपाईंपनि धर्मकर्ममा लाग्नुहुनेछ।"

दक्षिणकालीको जंगल। पाउरोटी, जाम, अण्डा– ब्रेकफस्ट, मासु, पुलाउ, लन्च, बीचबीचमा दारू। त्यसपछिको अल्छे गफगाफ। 

कुरा धर्मकर्मको। सोसियोलोजी पढाउने टिचर, उहाँ फिजिक्स पढाउने टिचर। अन्दाजी पाँच फिट, पुटुक्क पेट निस्केको, तालु चिल्लो, नास्तिकताबारे मेरो लेक्चरबाट उहाँ हल्का चिढिनुभएको छ।