Disclaimer: यो एक निराशावादी मोनोलग हो ।
तपाईंलाई नेपालको भविष्यका बारे सुखद् र आशावादी कुराहरू मात्र सुन्न मन लाग्छ भने
यो लेख तपाईंका लागि रुचिकर नहुन सक्छ ।
शीर्षकको प्रश्नमा मेरो मनमा उठेको
जवाफः नेपाल समृद्ध बन्ने सम्भावना छैन !
नेपालमा कामकाजको संस्कृति कस्तो छ ? मलाई लाग्छ यो विषयमा गहिरो आत्ममूल्यांकन जरुरी छ ।
सरकारी सेवाको त कुरै नगरौँ ! नेपाल सरकारका कुनै अफिसमा काम विशेषका लागि जानु
छ भने कि त्यो ठाउँमा चिनजानको मानिस को छ भनेर पहिला सोधखोज गर्नुपर्छ कि पैसाको
बिटो बोकेर जानुपर्छ । होइन भने सरकारी कर्मचारीले सजिलो कामलाई पनि जटिल बनाएर, फनफन घुमाउँछन् अनि हप्काएर, धम्क्याएर
१०४ डिग्रीको ज्वरो निकालिदिन्छन् ।