नेपाल भारत
सम्बन्धमा देखिने सामान्य उतारचढावका सन्दर्भमा अर्ध ठट्टाका रूपमा चर्चा गरिने
नाकाबन्दी आज यथार्थ भएको छ । समुन्द्रसँगको पहुँचको लाभको अवस्थालाई उपयोग गर्दै
संविधानलाई समावेशी बनाउनुपर्ने बहानामा भारतले नेपालसँगका नाका बन्द गरिदिएपछि
यसबाट भूकम्पले थिलथिलो पारेको नेपाल अर्को कष्टको भूमरीमा धकेलिएको छ ।
Saturday, September 26, 2015
Thursday, September 17, 2015
नुवाकोट-रसुवा फोटोब्लग
यो साता नुवाकोटदेखि रसुवासम्म पुग्नुथियो । समय चोरेर यसो यताउति चाहार्ने
मौका मिल्यो । फोटो खिच्ने ढङ्ग नभए पनि केही खिचेँ । भूकम्पले थप जीर्ण बनाएको
नुवाकोटको सुन्दर दरवार र पासाङ्ग लाम्हु मार्गमा भेटिएका केही सुन्दर मानिसका
फोटा खिचेँ, र
केही सुन्दर जङ्गली फूल पनि । एडिट गर्ने ढङ्ग नभएकाले जस्ताको तस्तै राखेको छु ।
नुवाकोट
दरबार प्रस्टै छ । मान्छेहरू नामले चिनाउँन आवश्यक ठानिनँ । फूलको नाम थाहा छैन ।
बाँकी तस्वीर आफैँ बोल्छन् ।
Monday, September 14, 2015
नयाँ संविधानलाई अग्रिम स्वागत !
नयाँ संविधानको पूर्वसन्ध्या सुखद छैन ।
मधेश लगायत आदिवासी जनजाति समूहहरू विभिन्न मागसहित आन्दोलित छन् । यस्तो
विषम परिस्थितिमा जारी हुनलागेको संविधानले मुलुकको भविष्यलाई कता डोहोर्याउला ? भन्ने चिन्ता सबैमा छ । यद्दपि, नयाँ संविधानप्रति म आशावादी छु र यसको स्वागत
गर्न चाहान्छु । यो आलेख अहिले यही रूपमा भए पनि नयाँ संविधान जारी हुन किन
आवश्यक र जायज छ ? भन्ने विषयमा केन्द्रीत छ ।
Tuesday, September 8, 2015
नयाँ शक्ति र अनुत्तरित केही प्रश्न
नयाँ संविधानका लागि तोकिएको
समयसीमा नजिक आउँदै गर्दा नयाँ शक्तिको बहस पनि घनिभूत हुँदैजाने लक्षण देखिएको छ
। कान्तिपुर दैनिकमा आज प्रकाशित लेखमा रवीन्द्र मिश्रले नयाँ संविधान बनेपछि नयाँ
शक्ति स्थापना हुने 'हिन्ट' मात्र दिएका छैनन् यसको
सुनिश्चितताका आधारका रूपमा'४ खम्बा' को व्याख्या पनि गरेका छन् (रवीन्द्र मिश्रको लेख) ।